दाङ २ असार । दाङको तुलसीपुरस्थित आन्तरीक राजश्व कार्यालयको मुख्य गेटमा
अज्ञात समूहले राखेको बाल्टिन बम नेपाली सेनाको टोलीले आज विहान निष्कृय
पारेको छ ।
१९ नम्बर बाहिनीमा कार्यरत नेपाली सेनाका सेनानी इन्द्र शर्मा नेतृत्वको
टोलीले दुई घण्टाभन्दा बढी समय लगाएर बम निष्कृय पारेको हो । बम निष्कृय
पार्दा ठूलो आवाजका साथ दुई पटक पड्किएको थियो ।
मूलगेटमै राखिएको बम कस्ले र कुन प्रयोजनको लागि राखेको भन्ने खुल्न सकेको
छैन । खतरा चिन्ह अंकित बममा नेकपा मालेमा लेखिएको थियो ।