प्युठान ३ असार । न्ोपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले
संविधान निर्माणका लागि थपिएको एक वर्षको म्याद पर्यापत नभएको बताउनु भएको छ
। प्रेस युनियनले आज प्युठानमा गरेको पत्रकार सम्मेलनमा उहाँले दलहरुबीच
सहमति कायम गरेर संविधान निर्माणको प्रकि्रया सुरु गर्न एक वर्षको समय अपुग
हुने दावी गर्नुभयो । आउँदो १२ औं महाधिवेशनमा तरुणदस्ता गठनको प्रस्ताव
राख्ने जानकारी गराउँदै उहाँले तरुणदस्ता गठनको लागि महाधिबेशनले लिने
जस्तोसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताउनुभयो ।
नेपाली राजनीतिमा देखिएको वर्तमान समस्याको समाधानको साँचो माओवादीको हातमा
रहेको भन्दै उहाँले माओवादीले चाहे सहमती बन्ने धारणा राख्नुभयो ।