अपराधी समात्न झिकिए डिजिटल नम्बर प्लेट
June 18 2010
नवलपरासी ४ असार । मोटरसाइकल र साना गाडीमा राखिएका डिजिटल नम्बर प्लेटका कारण अपराधीहरु लाई पक्राउ गर्न अप्ठेरो भईरहेको भन्दै जिल्ला ट्राफिक कार्यालय नवलपरासीले डिजिटल नम्बर प्लेट झिक्ने अभियान शुरु गरेको छ । प्रहरीले अभियान शुरु गरेयता जिल्लामा मात्रै मोटरसाइकल र साना गाडी गरी चार सयभन्दा बढी डिजिटल नम्बर हटाइएको जिल्ला ट्राफिक कार्यालय नवलपरासीले जनाएको छ । ट्राफिक प्रहरीले यस्ता डिजिटल नम्बरलाई झिक्न लगाई तत्काल हातले लेखिएका नम्बर राख्न लगाउने काम समेत गरेको छ । जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रहरी नीरीक्षक दिपेन्द्र शाहका अनुसार डिजिटल नम्बर प्रयोग गरिने सवारी साधनमा अपराध गर्नेहरु भाग्न सजिलो हुन्छ । शाहले भन्नुभयो डिजिटल नम्बर टल्कने हुनाले झट्ट हेर्दा देखिदैन जसले गर्दा अपराधीहरु भाग्न सपफल हुन्छन् र कही दुर्घटना भयो भने त्यस्ता सवारी साधनको नम्बर चेक गर्न राति अप्ठ्यारो हुन्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस