सिराहा ५ असार । सिराहा जिल्लाको मलहनिया गमहरियामा हतियार सहित आएका एक
दर्जन डाँकाले गाँउमा लुटपाट गरेका छन् ।
१० १२ जनाको संख्यामा हतियार सहित गएराति आएका डाँकाले गाउलाई घेराहालेर
लुटपाट गरेका हुन् । डाँकाले स्थानिय रामदेव यादव र उत्तिमलाल यादवको घरमा
लुटपाट गरेको गाँउलेले जनाएका छन् ।
लुटेराले रामदेव र उत्तिमलालको घर बाट नगद र धनमाल सहित झण्डै पाँच लाख
बराबरको लुटपाट गरेको पिडितहरुले जनाएका छन् ।
यसै बीच सिन्धुपाल्चोकमा सकेट बम फेलापरेको छ । लिसङखु गाविसको मानेडाँडा
दोभानमा सकेट बम फेलापरेको प्रहरीले जनाएको छ ।