REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
दाङ र बाजुरामा तीन बालकको मृत्यु
June 21 2010

दाङ ७ असार । दाङ र बाजुरामा भएका छुट्टा छुट्टै घटनामा तीन बाललको मृत्यु भएको छ । दाङको धर्ना गाविस ६ भैंसापत्थराका ११ वर्षीय यमबहादुर नेपालीको सर्पले डसेर मृत्यु भएको छ ।  घरमै बसिरहेको बेला सर्पले डसेपछि ´ारफुक गर्दा गर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी दाङ देउखुरीको चैलाही गाविस १ अर्नवाका ९ वर्षीय धिरज नेपालीको खोलामा डुबेर ज्यान गएको छ । नेपालीको स्थानीय अर्जुन खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा डुबेको अबस्थामा फेला भेटिएपछि तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा पुर् याइए थियो । उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । उता धेरै ज्वरो आएका कारण
गएराति बाजुरामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गुदुखारी गाविस ५ का १२ वर्षीय चेतबहादुर राउत रहेको प्रहरीले जनाएको छ । २÷३ दिनदेखि लगातार ज्वरो आएका राउतको उपचारका क्रममा मृत्युभएको हो । गर्मीसँंगै बाजुरामा झाडापखाला र ज्वरोका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.