प्रहरी र राहत शिक्षकबीच झडप
June 23 2010
काठमाडौ, ९ असार । कपिलवस्तु जिल्ला शिक्षा कार्यालयमा ताला लगाउन गएका राहत शिक्षक र प्रहरीबीच झडप भएको छ । सरकारसँग बढेको तलब र भत्ता र स्थायी शिक्षक सरह सेवा सुविधाको माग गर्दै राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । कपिलबस्तुका राहत शिक्षकले आज जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुसार ताला लगाउन पुगेका समयमा शिक्षकरुलाई प्रहरीले ताला लगाउन नदीने क्रममा झडप भएको हो । झडपमा परि २ जना शिक्षक घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा नेपाल राहत शिक्षक संघर्ष समिती कपिलबस्तुका अध्यक्ष बिमल आचार्य र शिक्षिका बिमला खनाल रहेका संघर्ष समितीले जनाएको छ । आफूहरु माथि दुव्र्यवहार भएको भन्दै राहत शिक्षक संघर्ष समितीले भोलिदेखि जिल्लाका सम्पुर्ण विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस