संसदीय उपसमिति दाङमा
June 25 2010
काठमाडौ, ११ असार । ब्यवस्थापिका संसद प्राकृतिक स्रोत साधन समिति अन्तर्गत वनेको उपसमितिको टोली आज दाङ पुगेको छ । तराइ जिल्लाका चुरे क्षेत्रको वन जंगल फडानी भइरहेको गुनासो आएपछि अनुगमनमा निस्केको संसदीय टोली हिँजो सुर्खेतको अनुगमनपछि आज दाङ पुगेको हो । टोलीले अहिले घोराहीमा राजनितिका दलका नेता जिल्ला वन क्षेत्र अनुगमन समितिका प्रतिनिधि सामूदायिक वनका वन प्रतिनिधि जिल्ला वन कार्यालयका प्रमुख एंव प्रतिनिधिसग छलफल गरिरहेको छ । छलफलपछि टोलीले दिउँसो दाङको देउखुरी क्षेत्रका वनहरुको अनुगमन गर्ने जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले जानकारी दिनु भएको छ । समितिका सदस्य राजकुमार शर्माको नेतृत्वमा आएको टोलीमा गगन थापा पट्टु थारु मोहम्मद ईस्तयाक राई र कुलप्रसाद शर्मा सहभागी हुनुहुन्छ । टोलीले १३ गते वर्दिया १४ गते वाँकेको अनुगमन गरी १५ गते नेपालगाजमा पत्रकार सम्मेलन मार्फत अनुगमन वारे जानकारी गराउने टोलीमा सहभागी मोहम्मद स्तयाक राईले जानकारी दिनुभयो । टोलीले जिल्लामा वनको अवस्था एव समितिले ढुङ्गा बालुवा गिट्टी निकासमा रोक लगाउन दिएको निर्देशनको कार्यान्वयनका बारेमा जानकारी लिनेछ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस