नारायणगढ सडकखण्ड सुचारु
June 28 2010
चितवन १४ असार । अविरल वर्षाका कारण पहिरो झरेपछि अवरुद्ध भएको नारायणढ-मुग्लिङ सडक खण्ड संचालनमा आएको छ ।
चितवनको कविलास गाविस वडा नम्वर ५ केराघारीमा पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकका कारण अलपत्रमा परेका सयौ सवारी साधन र हजारौ यात्रुहरु आफ्नो गन्त्वय तर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राति नै डिभिजन सडक कार्यालय भरतपुरवाट गएको डोजरले पहिरो हटाएर एकतर्फी वाटो संचालनमा ल्याएपनि विहान साढे ४ वजे पुनः खसेको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सम्बन्धीत निकायको प्रयासपछि सडक खुलेको हो ।
वर्षायाममा पटक पटक नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध हुदै आएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा वर्षेनि पहिरो जाने समस्या रहेता पनि सम्बन्धित पक्षले यस्को दिर्घकालिन समाधानका लागी पहल कदम चालेको देखिन्न ।
यता गएराति परेको पानीले भने स्थानिय कृषकहरु हर्षित भएका छन । समयमा पानी नर्पदा चितवनको कृषीवाली प्रभावित भएको थियो भने अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर वनेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस