सचिवहरुद्धारा समूहिक राजीनामा
June 29 2010
काठमाडौ १५ असार । संयुक्त जातीय मुक्ति मोर्चा नेपाल नामक संस्थाको धम्किपछि दोलखाका सबै गाविस सचिवहरुले आज संयुक्त रुपमा राजिनामा दिएका छन । मोर्चाले तत्काल गाविसमा जनसरकार गठन गर्नुपर्ने भन्दै राजिनामा दिन धम्की दिएको गाविस सचिवहरुले बताएका छन । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाईमा गएका गाविस सचिवहरुले स्थानीय विकास अधिकारी शंकरबहादुर थापा समक्ष राजिनामा बुझाएका हुन । जिल्ल्ाामा भएका ५१ गाविसमा कार्यरत २१ सचिवमा १९ जना सचिवहरुले सहज हिसाबले काम गर्न नसकेको भन्दै जीउ ज्यानको सुरक्षाका लागी सामुहिक राजिनामा दिएको गाविस सचिव हकहित संरक्षण केन्द्रका उपाध्यक्ष राजेन्द्र सुवेदीले बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस