पहिरोमा परी ३ बेपत्ता ७ घाइते
June 30 2010
काठमाडौ १६ असार । उदयपुरको आमटारमा आज बिहान
पहिरोमा परि ३ जना बेपता भएको खबर प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय
उदयपुरले दिएको जानकारी अनुसार खोटाङमा लोकसेवा आयोगको परिक्षा दिएर आमटारमा होटलमा
बसिरहेका बेला रातभरी परेको पानीले होटल बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । ७ जना
घाइते भएको र वेपत्ताको संख्या भएको भएको पनि हुनसक्ने जिल्ला प्रहरी कार्यालय
उदयपुरका प्रहरी हवल्दार रमेह बस्नेतले जानकारी दिनुभयो । स्थानीय गणेशबहादुर राईको
होटल सहित ३ घर बगाउदा दुर्घटना भएको हो । तीनवटा होटलमा ३५ जना बास बसेका थिए ।
घटनाको जानकारी आउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
घटनास्थल उदयपुरको गाईघाटबाट ५ घण्टाको पैदल दुरीमा भएको विस्तृत विबरण आइ नपुगेको
उदयपुर प्रहरीले जनाएको छ ।
[September 09 2010]
काठमाडौ २४ भदौ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्र्तगत नवलपरासीको डण्डा र चोरमारा बीचको चालिस किलोमिटरबाट ट्रक चालकसहित दुई जना आज बिहान लुटिएका छन्