काठमाडौं १७ असार । मुक्त कमैया र हलियाको नाममा आउने गरेको रकम र उनीहरुको
नाममा राज्यले छुट्याएको सेवा सुविधाको अरुले नै दुरुपयोग गरेको भन्दै
सरोकारवालाहरुले बिरोध जनाएका छन् ।
राजधानीमा आज भएको कार्यक्रमका सहभागीहरुले राज्यले हलिया र मुक्त कमैयालाई
लक्षित गरि छुट्याएको रकमको दुरुपयोग भएको दाबी गरेका हुन् ।
कार्यक्रममा भुमिसुधार राज्यमन्त्री मानबहादुर शाहीले राज्यले हलियाको
समस्या समाधानको लागी उच्च स्तरीय आयोग गठन गर्नु पर्ने बताउनु भयो ।
उहाँले मुक्त कमैया र हलियाको हक हितको निम्ती लागेका संघ सस्थाले
प्रभाबकारी काम नगरेको आरोप लगाउनु भयो ।