दाङ १९ असार । दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बिजौरीमा आज विहान
यात्रु बस दुर्घटना हुँदा २० जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये चार
जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते हुनेहरुमा हलवार गाविस-१ का अरुण मजगैंया घोराही नगरपालिका-
११ का सुशान्त मजगैंया हापुर-७ का दलबहादुर बुढाथोकी एमाले निकट शिक्षक
संगठनका दाङ जिल्ला अध्यक्ष एवं सौंडियार माविका प्रधानाध्यापक विकास गौतम र
काठमाडौं बल्खुका बिनोद बुढाथोकी हुनुहन्छ ।
घाइतेहरुको तुलसीपुर घोराही र बिजौरी अस्पतालमा उपचार भइरहेको छ । दाङको
घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ३ ख २६१६ नम्बरको बस सडक पार गर्दै
गरेका एक व्यक्तिलाई बचाउन खोज्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय
तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।