अर्का काग्रेस नेताको पनि निधन
July 05 2010
नुवाकोट २१ असार । नेपाली कांग्रेस नुवाकोटका वयोवृद्ध नेता बद्रीराम भण्डारीको गएराति निधन भएको छ । ८६ वर्षिय भण्डारीको काठमाडौंमा निधन भएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
लामो समयसम्म नेपाली कांग्रेस नुवाकोटको सभापति महासमिति सदस्य र प्रेरणको स्रोत बन्नु भएका भण्डारीको निधनले पार्टीलाई स्तव्ध तुल्याएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
नेपाली कांग्रेस नुवाकोटका सभापति धु्रव अधिकारीले एक शोक वक्तव्य प्रकाशित गर्दै नेपाली कांग्रेसका प्रेरणादायी पात्र भण्डारीको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
यस दुखद घडिमा भण्डारीले दिनुभएको सत्मार्गमा पार्टी सदा लागिरहने उल्लेख गर्दै बक्तव्यमा मृत आत्माप्रति चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
भण्डारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धााजलीका लागि आज दिउँसो १२ बजेसम्म पशुपति आर्यघाटमा राखिने र त्यहाँ नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले अन्तिम श्रद्धााजली दिने कार्यक्रम रहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस