ऋषि धमला:
दुई पटकको प्रयासपछि पनि व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्न सकेन र आगाीम साउन १७ गते प्रधानमन्त्री पदको पुनः निर्वाचन हुँदैछ । प्रधानमन्त्री छान्ने प्रयोजनका लागी बसेका व्यवस्थापिका संसदका पछिल्ला दुई वैठकको दृश्य बडो उदेकलाग्दो थियो । दश वर्षसम्म शसस्त्र विद्रोह गरेर शान्ति प्रकृया हुँदै गणतन्त्र स्थापनासम्मको इतिहास बनाएका चमत्कारी ब्यक्तिव एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा खडा हुनु र लगातार दुई पटक नै पराजित हुनु नमिठो क्षण थियो । त्यसैगरी २०१७ सालदेखी लोकतन्त्रका लागी संघर्ष गर्दै आएका एवंम् व्यक्तित्व र विचार दुबैले प्रखर नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलजस्ता नेता प्रधानन्त्री पदका लागी बहुमतले अस्विकृत हुनु अर्को बिझुउने क्षण थियो । अनी झापा विद्रोहदेखी कम्युनिष्ट आन्दोलनमा लागेका र पटक-पटक पार्टीको महासचिव बनेका राष्ट्रिय सहमतिका पक्षधर एमाले अध्यक्ष झलनाथ खनालले मन नलागी नलागी प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनु पर्दाको क्षण पनि सुखद थिएन ।
यी तिनवटै दृश्यले मुलुकको भाग्यविधाता कहलिएका तीन प्रमुख दलहरुको तेजोवध गरेको छ । तिन दल र तिनका नेताको अक्षमता झल्काएको छ । असहमतीय राजनीतिको विकृत रुप प्रष्ट्याएको छ । अनी जनतामा राजनीतिक विधाप्रति नै वितृष्ण बढाएको छ । यस परिदृश्यसँगै मुलुकमा दुरदर्शी र सवैलाई समायोजन गरेर लैजानसक्ने राजनेताको अभाव खटकीएको छ । शायद यतिबेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला जीवितै भएको भए उनले व्यवस्थापिका संसदमा तीन प्रमुख दलको घोर बेईज्जतीको अवस्था सिर्जन हुन दिने थिएनन् । कोइरालाले एकाध वर्षको अवधिमा उदाएका साना दलहरुले चोर औंलो तेस्याई-तेस्याई लामो इतिहास बोकेका दलहरुको हुर्मत लिने अवस्था सिर्जना हुने दिने थिएनन । उनले सवै प्रमुख दलका नेताहरुलाई सहमतिका खातिर सम्झाउँथे र कांग्रेसमा पनि लचकता ल्याउँथे । यो त हामीले अतितमा देखेकै हो । राष्ट्रपति बन्ने भित्री चाहना पुरा नभएको अवस्थामा कोइरालाले चाहेको भए राष्ट्रपति निर्वाचनलाई पनि अहिले प्रधानमन्त्री पदको निर्वाचन झैं अन्यौलमा पार्न सक्थे । तर उनले त्यस्तो बाटो रोजेनन् । माओवादीको अनुदार व्यवहारलाई पचाउँदै कोइरालाले त्यसपछि पनि सहमति र सहकार्यमै जोड दिए । र जीवनको उत्तरार्धमा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरेर समहति र सहकार्यको दियो बालीरहे । नेपालमा नेता नभएका होईनन् । उनीहरुमाथि धेरैको विश्वास पनि छ तर त्यत्रो ईतिहास निर्माण बनाएका त्याग सर्घष र क्षमताले ओतप्रोत भएका यी नेताहरुले प्रधानमन्त्री पदको निर्वाचनमा किन सहमति जुटाउन सकेनन् यो प्रश्न भने नेपाली राजनीतिमा गम्भिर रुप्ामा बहसमा लैजानु पर्ने बेला भएको छ । अब हामिले पनि नेताहरुको केवल आलोचनामात्र होईन उनीहरुले गरेको सकारात्मक कुराको मुल्याङकन गर्नु आवश्यक छ ।
नेपाली राजनीतिको अहिलेको बिडम्वना के हो भने महानायक कोइरालाको महाप्रस्थानसँगै मुलुकमा सहमतीय राजनीति ठयाप्पै बन्द भएको छ । पार्टी-पार्टीवीच मात्र हैन पार्टीभित्रसमेत गुट-उपगुटवीच असमहमती चुलीएको छ । जसको स्पष्ट प्रतिविम्ब देखिएको छ प्रधानमन्त्री चयन प्रकरणमा । सवैलाई थाहा भएकै कुरा हो व्यक्ति-व्यक्तिका महत्वाकांक्षा र सहमतीय राजनीतिको अभावका कारण देशले प्रधानमन्त्री चुन्न नसकेको हो । लोकतान्त्रीक अभ्यासका क्रममा यस्तो अवस्था सिर्जना हुनुलाई कतिपयले स्वाभाविक मान्लान तर अहिलेको अवस्था भनेको लोकतन्त्रको संस्थागत विकास नभईसकेको अवस्था हो । घर निर्माणाधिन अवस्थामा रहेको बेला परिवारका सदस्यहरुवीच यदि कसले कुन दिशाको कोठा लिने भन्ने झगडा हुन थाल्यो भने घरको निर्माण नै रोकिन्छ । झगडा बेस्सरी चर्किएर मुठभेड सुरु भयो भने घर नै भत्किन सक्छ । ठिक यसैगरी सत्ता स्वार्थका कारण अहिले नयाँ संविधान निर्माण र शान्ति प्रकृया अवरुद्ध छ । दलहरुले बुझ्न नसकेको वा बुझ पचाएको विषय के हो भने लोकतान्त्रीक संघीय गणतन्त्रात्मक संविधान जारी भई गणतन्त्रको संस्थागत विकास भएपछिको निर्वाचनमा यदि गणतन्त्र विरोधीहरुले नै बहुमत ल्याएछन र उनीहरुकै प्रधानमन्त्री बनेछ भने पनि केही खतरा रहँदैन । चाहे त्यो माओवादी नै किन नहोस चाहे राजावादी कहिलिएका राप्रपा नेपालहरु नै किन नहुन । गणतन्त्रको संस्थागत विकास भईसकेको अवस्थामा जसले सरकार बनाए पनि फरक पर्ने छैन । देशले विकासको फडको मार्न थाल्नेछ किनकी त्यसबेला जनताका सम्पूर्ण अधिकारहरु संस्थागत भईसकेका हुनेछन । तर अहिले गणतन्त्र संस्थागत हुनै बाँकी छ । अतः लोकतान्त्रीक अभ्यासका नाममा अस्वस्थ प्रतिष्पर्धा र सत्ताको छुद्र खेल हैन सहमतिका आधारमा नयाँ संविधान जारी गर्नु अपरिहार्य छ ।
नेपाल एउटा यस्तो देश हो जहाँ हरेक क्षेत्रमा राजनीतिकरण छ । तर यही देशका आम जनतामा अन्य विधाको तुलनामा राजनीतिक विधाप्रति बढी नै वितृष्णा छ । जनतालाई थाहा छ देश र समाज हाँक्ने भनेको राजनीतिले नै हो । तर तिनै जनता जव राजनीतिक विषयको बहसमा उत्रन्छन् उनीहरुको भाव मुद्रा र बाणीमा निराशा कुण्ठा लघुताभास हिनताबोध र बेचैनी मात्र प्रकट हुन्छ । यसो हुनुको एउटै कारण हो जसले राजनीतिको नेतृत्व गरिरहेका छन् उनीहरुले जनतामा राजनीतिक विधाप्रति आकर्षण सम्मान र आशा जगाउन सकिरहेका छैनन् । राजनीतिको यही विसंगत अवस्था देखेर होला जनता हिजो आज पनि ुजुन जोगी आए पनि कानै चिरेकोु ुयो त सतीले सरापेकै देश रहेछु ुयो देशमा केही हुनेवाला छैनु ुकुनै राजनेता जन्मिएनन् ु जस्ता वाक्यहरु दोहोर् याउन बाध्य छन् ।
नेपाली राजनीतिले जनतालाई विकासको स्वाद चखाउन सकिरहेको छैन । स्वतन्त्रता र समानताको असली अनुभव दिलाउन सकिरहेको छैन । आत्म स्वाभिमानको गौरव दिलाउन सकिरहेको छैन । गरीबी पछौटेपन िहंशा अभाव महंगी असुरक्षालगायत तमाम सामाजिक विषमताबाट मुक्ती दिलाउन सकेको छैन राजनीतिले । यो तितो सत्यलाई जनताले स्वीकार गरेकै थिए । तर आजको बिडम्वनापूर्ण यथार्थ के हो भने नेपाली राजनीतिले देशलाई एउटा प्रधानमन्त्री पनि दिन सकेन । एउटा प्रधानमन्त्री पनि चुन्न नसक्ने अवस्थामा नेपाली राजनीति पुगेछ । यसबाट पनि नेपाली राजनीति र यसका नेतृत्वकर्ताहरुको हैसियत स्पष्ट हुन्छ । साउन १७ गते मुलुकले एक जना प्रधानमन्त्री पाउनै पर्छ । त्यसकोलागी हाम्रा नेताहरुले आत्म समिक्षा गरेर सके सहमति नसके बहुमतीय प्रणालीबाट भए पनि देशलाई निकास दिनै पर्छ ।
महात्मा गान्धी र जवाहरलाल नेहरुले भारतमा राजनीतिक विधाप्रति जनतामा जसरी आशा र विश्वास जगाए जसरी वर्तमान प्रधानमन्त्री मनमोहन िसंह र कांग्रेस आई नेतृ सोनीया गान्धीले भारतलाई उदयमान महाशक्ति राष्ट्रको रुपमा विकास गर्ने आशा जगाईरहेका छन नेपालमा त्यस्ता राजनेताको अभाव खटकिएकै हो । जसरी नेल्सन मण्डेलाले दक्षिण अपि्रुकाको राजनीतिलाई विश्वमै प्रख्यात र सम्मानित बनाए र उनका उत्तराधिकारीहरुले भर्खरै विश्वकपको भव्य आयोजना गरेर विश्वमै नाम कमाए लगभग उही समयमा संघर्ष र क्रान्तिको इतिहास लेख्न थालेको नेपाल आज एउटा प्रधानमन्त्री छान्न असमर्थ हुनु बिडम्वना नै हो । मुलुक हाक्ने हाम्रा नेताहरु प्रचण्ड रामचन्द्र पौडेल बाबुराम भट्टराई झलनाथ खनाल शेरबहादुर देउवा माधवकुमार नेपाल शुशिल कोइराला केपी शर्मा ओली विजयकुमार गच्छदार उपेन्द्र यादव र महन्थ ठाकुरहरुले ठण्डा दिमागले आत्मसमिक्षा गरेर यो देशलाई सामूहिक नेतृत्वमा अगाडि बढाएर विश्वको राजनेताको स्थानमा आफूलाई पनि उभ्याउने हो कि
समय घर्किसकेको छैन । बित्यास परिसकेको छैन । बेला छ । साउन १७ गतेअगावै माओवादी कांग्रेस एमाले र मधेशवादी मोर्चा गरी मुलुकमा प्रमुख चार राजनीतिक शक्तिहरुवीच गम्भिर वार्ता होस् । चारै शक्तिले अहोरात्र खटेर भए पनि आ-आफना गणीतपद र प्रतिष्ठा र साहित्यसम्झौता र वाचाका तन्तुहरु मिलाउन् । राष्ट्रिय सहमतिका आधारमा कुनै एक पात्रलाई प्रधानमन्त्री चयन गरुन् । र साउन १६ गते संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ साझा सहमति र सम्झौताको दस्तावेज घोषणा गरुन् । माओवादी लडाकु समायोजन नयाँ संविधान निर्माण र शान्ति प्रकृयाको गाँठो फुकाउन् । साउन १७ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदको चयन हुँदाको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्दा आम नेपालीको शिर ठाडो होस् । प्रचण्ड र पौडेलकावीच सहमतिको नयाँ सुत्र पहिल्याईयोस् । नेपाली राजनीतिप्रति जनतामा गर्व महसुस होस् र नेताहरुप्रति सम्मान जागोस् ।