REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

ARTICLES
व्यवस्थापीका संसदमा गान्धी, नेहरु र मण्डेलाको खोजी
July 27 2010

ऋषि धमला:
दुई पटकको प्रयासपछि पनि व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्न सकेन र आगाीम साउन १७ गते प्रधानमन्त्री पदको पुनः निर्वाचन हुँदैछ । प्रधानमन्त्री छान्ने प्रयोजनका लागी बसेका व्यवस्थापिका संसदका पछिल्ला दुई वैठकको दृश्य बडो उदेकलाग्दो थियो । दश वर्षसम्म शसस्त्र विद्रोह गरेर शान्ति प्रकृया हुँदै गणतन्त्र स्थापनासम्मको इतिहास बनाएका चमत्कारी ब्यक्तिव एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा खडा हुनु र लगातार दुई पटक नै पराजित हुनु नमिठो क्षण थियो । त्यसैगरी २०१७ सालदेखी लोकतन्त्रका लागी संघर्ष गर्दै आएका एवंम् व्यक्तित्व र विचार दुबैले प्रखर नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलजस्ता नेता प्रधानन्त्री पदका लागी बहुमतले अस्विकृत हुनु अर्को बिझुउने क्षण थियो । अनी झापा विद्रोहदेखी कम्युनिष्ट आन्दोलनमा लागेका र पटक-पटक पार्टीको महासचिव बनेका राष्ट्रिय सहमतिका पक्षधर एमाले अध्यक्ष झलनाथ खनालले मन नलागी नलागी प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनु पर्दाको क्षण पनि सुखद थिएन ।
यी तिनवटै दृश्यले मुलुकको भाग्यविधाता कहलिएका तीन प्रमुख दलहरुको तेजोवध गरेको छ । तिन दल र तिनका नेताको अक्षमता झल्काएको छ । असहमतीय राजनीतिको विकृत रुप प्रष्ट्याएको छ । अनी जनतामा राजनीतिक विधाप्रति नै वितृष्ण बढाएको छ । यस परिदृश्यसँगै मुलुकमा दुरदर्शी र सवैलाई समायोजन गरेर लैजानसक्ने राजनेताको अभाव खटकीएको छ । शायद यतिबेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला जीवितै भएको भए उनले व्यवस्थापिका संसदमा तीन प्रमुख दलको घोर बेईज्जतीको अवस्था सिर्जन हुन दिने थिएनन् । कोइरालाले एकाध वर्षको अवधिमा उदाएका साना दलहरुले चोर औंलो तेस्याई-तेस्याई लामो इतिहास बोकेका दलहरुको हुर्मत लिने अवस्था सिर्जना हुने दिने थिएनन । उनले सवै प्रमुख दलका नेताहरुलाई सहमतिका खातिर सम्झाउँथे र कांग्रेसमा पनि लचकता ल्याउँथे । यो त हामीले अतितमा देखेकै हो । राष्ट्रपति बन्ने भित्री चाहना पुरा नभएको अवस्थामा कोइरालाले चाहेको भए राष्ट्रपति निर्वाचनलाई पनि अहिले प्रधानमन्त्री पदको निर्वाचन झैं अन्यौलमा पार्न सक्थे । तर उनले त्यस्तो बाटो रोजेनन् । माओवादीको अनुदार व्यवहारलाई पचाउँदै कोइरालाले त्यसपछि पनि सहमति र सहकार्यमै जोड दिए । र जीवनको उत्तरार्धमा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरेर समहति र सहकार्यको दियो बालीरहे । नेपालमा नेता नभएका होईनन् । उनीहरुमाथि धेरैको विश्वास पनि छ तर त्यत्रो ईतिहास निर्माण बनाएका त्याग सर्घष र क्षमताले ओतप्रोत भएका यी नेताहरुले प्रधानमन्त्री पदको निर्वाचनमा किन सहमति जुटाउन सकेनन् यो प्रश्न भने नेपाली राजनीतिमा गम्भिर रुप्ामा बहसमा लैजानु पर्ने बेला भएको छ । अब हामिले पनि नेताहरुको केवल आलोचनामात्र होईन उनीहरुले गरेको सकारात्मक कुराको मुल्याङकन गर्नु आवश्यक छ ।
नेपाली राजनीतिको अहिलेको बिडम्वना के हो भने महानायक कोइरालाको महाप्रस्थानसँगै मुलुकमा सहमतीय राजनीति ठयाप्पै बन्द भएको छ । पार्टी-पार्टीवीच मात्र हैन पार्टीभित्रसमेत गुट-उपगुटवीच असमहमती चुलीएको छ । जसको स्पष्ट प्रतिविम्ब देखिएको छ प्रधानमन्त्री चयन प्रकरणमा । सवैलाई थाहा भएकै कुरा हो व्यक्ति-व्यक्तिका महत्वाकांक्षा र सहमतीय राजनीतिको अभावका कारण देशले प्रधानमन्त्री चुन्न नसकेको हो । लोकतान्त्रीक अभ्यासका क्रममा यस्तो अवस्था सिर्जना हुनुलाई कतिपयले स्वाभाविक मान्लान तर अहिलेको अवस्था भनेको लोकतन्त्रको संस्थागत विकास नभईसकेको अवस्था हो । घर निर्माणाधिन अवस्थामा रहेको बेला परिवारका सदस्यहरुवीच यदि कसले कुन दिशाको कोठा लिने भन्ने झगडा हुन थाल्यो भने घरको निर्माण नै रोकिन्छ । झगडा बेस्सरी चर्किएर मुठभेड सुरु भयो भने घर नै भत्किन सक्छ । ठिक यसैगरी सत्ता स्वार्थका कारण अहिले नयाँ संविधान निर्माण र शान्ति प्रकृया अवरुद्ध छ । दलहरुले बुझ्न नसकेको वा बुझ पचाएको विषय के हो भने लोकतान्त्रीक संघीय गणतन्त्रात्मक संविधान जारी भई गणतन्त्रको संस्थागत विकास भएपछिको निर्वाचनमा यदि गणतन्त्र विरोधीहरुले नै बहुमत ल्याएछन र उनीहरुकै प्रधानमन्त्री बनेछ भने पनि केही खतरा रहँदैन । चाहे त्यो माओवादी नै किन नहोस चाहे राजावादी कहिलिएका राप्रपा नेपालहरु नै किन नहुन । गणतन्त्रको संस्थागत विकास भईसकेको अवस्थामा जसले सरकार बनाए पनि फरक पर्ने छैन । देशले विकासको फडको मार्न थाल्नेछ किनकी त्यसबेला जनताका सम्पूर्ण अधिकारहरु संस्थागत भईसकेका हुनेछन । तर अहिले गणतन्त्र संस्थागत हुनै बाँकी छ । अतः लोकतान्त्रीक अभ्यासका नाममा अस्वस्थ प्रतिष्पर्धा र सत्ताको छुद्र खेल हैन सहमतिका आधारमा नयाँ संविधान जारी गर्नु अपरिहार्य छ ।
नेपाल एउटा यस्तो देश हो जहाँ हरेक क्षेत्रमा राजनीतिकरण छ । तर यही देशका आम जनतामा अन्य विधाको तुलनामा राजनीतिक विधाप्रति बढी नै वितृष्णा छ । जनतालाई थाहा छ देश र समाज हाँक्ने भनेको राजनीतिले नै हो । तर तिनै जनता जव राजनीतिक विषयको बहसमा उत्रन्छन् उनीहरुको भाव मुद्रा र बाणीमा निराशा कुण्ठा लघुताभास हिनताबोध र बेचैनी मात्र प्रकट हुन्छ । यसो हुनुको एउटै कारण हो जसले राजनीतिको नेतृत्व गरिरहेका छन् उनीहरुले जनतामा राजनीतिक विधाप्रति आकर्षण सम्मान र आशा जगाउन सकिरहेका छैनन् । राजनीतिको यही विसंगत अवस्था देखेर होला जनता हिजो आज पनि ुजुन जोगी आए पनि कानै चिरेकोु ुयो त सतीले सरापेकै देश रहेछु ुयो देशमा केही हुनेवाला छैनु ुकुनै राजनेता जन्मिएनन् ु जस्ता वाक्यहरु दोहोर् याउन बाध्य छन् ।
नेपाली राजनीतिले जनतालाई विकासको स्वाद चखाउन सकिरहेको छैन । स्वतन्त्रता र समानताको असली अनुभव दिलाउन सकिरहेको छैन । आत्म स्वाभिमानको गौरव दिलाउन सकिरहेको छैन । गरीबी पछौटेपन िहंशा अभाव महंगी असुरक्षालगायत तमाम सामाजिक विषमताबाट मुक्ती दिलाउन सकेको छैन राजनीतिले । यो तितो सत्यलाई जनताले स्वीकार गरेकै थिए । तर आजको बिडम्वनापूर्ण यथार्थ के हो भने नेपाली राजनीतिले देशलाई एउटा प्रधानमन्त्री पनि दिन सकेन । एउटा प्रधानमन्त्री पनि चुन्न नसक्ने अवस्थामा नेपाली राजनीति पुगेछ । यसबाट पनि नेपाली राजनीति र यसका नेतृत्वकर्ताहरुको हैसियत स्पष्ट हुन्छ । साउन १७ गते मुलुकले एक जना प्रधानमन्त्री पाउनै पर्छ । त्यसकोलागी हाम्रा नेताहरुले आत्म समिक्षा गरेर सके सहमति नसके बहुमतीय प्रणालीबाट भए पनि देशलाई निकास दिनै पर्छ ।
महात्मा गान्धी र जवाहरलाल नेहरुले भारतमा राजनीतिक विधाप्रति जनतामा जसरी आशा र विश्वास जगाए जसरी वर्तमान प्रधानमन्त्री मनमोहन िसंह र कांग्रेस आई नेतृ सोनीया गान्धीले भारतलाई उदयमान महाशक्ति राष्ट्रको रुपमा विकास गर्ने आशा जगाईरहेका छन नेपालमा त्यस्ता राजनेताको अभाव खटकिएकै हो । जसरी नेल्सन मण्डेलाले दक्षिण अपि्रुकाको राजनीतिलाई विश्वमै प्रख्यात र सम्मानित बनाए र उनका उत्तराधिकारीहरुले भर्खरै विश्वकपको भव्य आयोजना गरेर विश्वमै नाम कमाए लगभग उही समयमा संघर्ष र क्रान्तिको इतिहास लेख्न थालेको नेपाल आज एउटा प्रधानमन्त्री छान्न असमर्थ हुनु बिडम्वना नै हो । मुलुक हाक्ने हाम्रा नेताहरु प्रचण्ड रामचन्द्र पौडेल बाबुराम भट्टराई झलनाथ खनाल शेरबहादुर देउवा माधवकुमार नेपाल शुशिल कोइराला केपी शर्मा ओली विजयकुमार गच्छदार उपेन्द्र यादव र महन्थ ठाकुरहरुले ठण्डा दिमागले आत्मसमिक्षा गरेर यो देशलाई सामूहिक नेतृत्वमा अगाडि बढाएर विश्वको राजनेताको स्थानमा आफूलाई पनि उभ्याउने हो कि
समय घर्किसकेको छैन । बित्यास परिसकेको छैन । बेला छ । साउन १७ गतेअगावै माओवादी कांग्रेस एमाले र मधेशवादी मोर्चा गरी मुलुकमा प्रमुख चार राजनीतिक शक्तिहरुवीच गम्भिर वार्ता होस् । चारै शक्तिले अहोरात्र खटेर भए पनि आ-आफना गणीतपद र प्रतिष्ठा र साहित्यसम्झौता र वाचाका तन्तुहरु मिलाउन् । राष्ट्रिय सहमतिका आधारमा कुनै एक पात्रलाई प्रधानमन्त्री चयन गरुन् । र साउन १६ गते संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ साझा सहमति र सम्झौताको दस्तावेज घोषणा गरुन् । माओवादी लडाकु समायोजन नयाँ संविधान निर्माण र शान्ति प्रकृयाको गाँठो फुकाउन् । साउन १७ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदको चयन हुँदाको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्दा आम नेपालीको शिर ठाडो होस् । प्रचण्ड र पौडेलकावीच सहमतिको नयाँ सुत्र पहिल्याईयोस् । नेपाली राजनीतिप्रति जनतामा गर्व महसुस होस् र नेताहरुप्रति सम्मान जागोस् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.