REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

शैक्षिक गतिविधी
भर्ना खोल्न गरेको ढिलाई र प्राविधिक शिक्षाको अवस्थाप्रति चिन्ता प्रकट
July 28 2010

काठमाडौ १२ साउन । सीटीईभीटीले नयाँ भर्ना नखोलेको प्रति विद्यार्थी नेताहरुसहित सरोकारवाला हरुले रोस प्रकट गरेका छन् । आज प्राविधिक विषयमा नयाँ विद्यार्थी भर्ना गर्न आवश्यक छ की छैन भन्ने विषयमा राज्यपक्षलाई दवाव दिने उद्देश्यका साथ फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले रिपोर्टस्र क्लव नेपालमा गरेको साक्षत्कार कार्यक्रममा उनीहरुले त्यस्तो रोस प्रकट गरेका हुन । एसएलसीको नतिजा प्रकासन भएको लामो समय भईसकेपनि सीटीईभीटीले अहिलेसम्म नयाँ शैक्षिक वर्षको भर्ना खोलेको छैन । जसका कारण प्रविधिक शिक्षाकालागी कुरेर बसेका लाखौ विद्यार्थिहरु अन्यौलमा परेका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघका उपाध्यक्ष प्रमोदहरी गुरागाइँले समयमै यस विषयमा छलफलको नगर्दा विद्यार्थीको भविष्यमा खेलवाड गरेको आरोप लगाउनु भएको थिए । उहाँले ६४ सालदेखि अहिलेसम्म सरोकारवालाहरु के हेरेर बसेको भनी प्रश्न गर्नु भएको थियो । अखिल क्रान्तिकारीका उपाध्यक्ष- युवराज चौलागाइँले सबैखाले शिक्षाको विषयमा शिक्षा मन्त्रालयले गम्भिर भएर हेर्नु पर्ने बताउदै सीटीईभीटीले आफैले भर्नालिने चलनलाई बन्द गर्नु पर्ने औल्याउनु भयो । अनेरास्ववीयुकी अध्यक्ष रामकुमारी झाँक्रीले सीटीईभीटीले प्रविधिक शिक्षामा निजीक्षेत्रलाई लगानी गर्न लगाएर पैसा कमाउने थलोको रुपमा परिचय बनाएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो- सीटीईभीटीले पैसालाई मुख्य सर्त बनाउँदा अहिलेसम्म भर्ना लिन नसकेको हो । निजी क्षेत्र पारदर्शी हुन नसकेको लाइसेन्स दिने संस्थाले राम्रो अनुगमन गरेर उद्देश्य अनुरुप काम गर्न नसकेका संस्थाको लाइसेन्स खारेज गर्न नसकेकोले समस्या आएको उहाँको दावी थियो । फार्मेसी काउन्सीलरका रजिष्टार बालकृष्ण खकुरेलले प्राविधिक शिक्षाको नाममा दलदलमा फस्दै गएको दावी गर्दै यसले संस्थाको अवस्सा दिनप्रतिदिन नाजुक बन्दै गएको ठोकुवा गर्नु भयो । स्वास्थ्य व्यवस्था परिषदका रजिष्टार रामप्रसाद पौडेलले प्राइभेट क्याम्पसको अवस्था कमजोर हुदै गएको दावी गर्दै जिल्लाका क्याम्पसहरुमा कागजमा पि्र_िन्सपल भेटिएपनि कुसर्िमा नभेटिने गरेको बताउनु भयो । उहाँले ६ वटा फ्याकल्टीहरु मेडिकल सर्जरी इमेजेन्सी आँखा ल्याव फिजियोथेरापी डेन्टल जस्ता सुविधा भएकालाई माात्र मान्यता दिनुपर्ने सुझाव दिनु भयो । विराट हेल्थ अस्पतालका अध्यक्ष राजन अधिकारीले दुर्गम जिल्लाका गरिव विद्यार्थीले पढ्न पाउने किसिमको व्यवस्था गरिनु पर्ने बताउनु भयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.