मधेसी मोर्चाको अवधारणाको जवाफ माओवादीले तयार पार्यो
July 28 2010
काठमाडौ १३ साउन । आत्म निर्णयको अधिकार सहितको मधेस स्वात्त प्रदेश सेनामा मधेसीको सामूहिक प्रवेश जस्ता मागसहित संयूक्त लोकतान्त्रीक मधेसी मोर्चाले अगाडि सारेको आधारपत्रको जवाफ एकीकृत नेकपा माओवादीले तयार पारेको छ ।
मोर्चाले जसले आफ्नो आधारपत्रमा उल्लेखित मागमा समर्थन जनाउँछ प्रधानमन्त्रीको निर्वाचनमा उसैलाई सहयोग गर्ने निर्णय गरेका कारण प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्डको उमेदवारी दिएको माओवादीले आज मोर्चाको मागमा लिखित प्रतिबद्धता जनाउन लागेको हो ।
मोर्चाको मागमा पार्टीको धारणा बनाउँन आज विहान माओवादीको पदाधिकारीको बैठक बसेको थियो । पदाधिकारीको बैठकले मोर्चाको १६ बुँदे मोर्चाको आधारपत्रमाथिको पार्टीको औपचारिक लिखित धारणा तय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनु भयो । लिखित धारणा तय गरेको बताए पनि उपाध्यक्ष प्रकासले आजै मोर्चासँगको छलफलमा पेश गरेपछि लिखित धारणा सार्वजनिक गर्ने बार्ता हुन नसके भिन्नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना रहेको बताउनु भयो । उहाले लिखित जवाफमा के छ भन्ने कुरा भने उहाँले खुलाउन चाहेनन् ।
गत आईतवार मोर्चासँगको वार्तामा माओवादीले सबै विषयमा मौखिक प्रतिबद्धता जनाए पनि मोर्चाले मौखिक प्रतिबद्धतामा विश्वास गर्न नसकिने बताएपछि आज आधारपत्रमा लिखित प्रतिबद्धता जनाउन लागेको हो ।
माओवादीले मोर्चाको समग्र मधेस एक प्रदेश बहुलबाद र नागरिकताको विषयमा केही असन्तुष्ठि जनाएको छ भने मोर्चाका अन्य मागमा माओवादी सकारात्मक रहेको थियो । आज माओवादीको पदाधिकारी बैठकले ती विवादित विषयमा धारणा तय गरेको हो । माओवादी स्रोतका अनुसार माओवादीले आत्मनिर्णय सहितको स्वायत्त मधेस प्रदेश संविधानको निर्माणको क्रममा संविधानसभाबाटै छलफल गरेर नागरिकता र बहुलबादको समस्यालाई समाधान गर्ने लिखित जवाफ तयार पारेको छ ।
समावेसिताको विधेयक अध्यादेशमार्फत माओवादीले नै आफ्नो सरकारको कालमा ल्याएकोले माओवादीले त्यो सहित बाँकी आधारपत्रमा रहेको मागमा सकारात्मक जवाफ दिने तयारी स्रोतले जानकारी दिएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस