१७ गते सरकार देउ कि पद छाड्ः नगारिक समाज
July 29 2010
काठमाडौ १३ साउन । नागरिक
समाजका अगुवाहरुले मुलुकलाई सरकार विहीनताको अवस्थामा लामो समयसम्म राखे
असफलता तर्फ अग्रसर हुने भन्दै आगामि १७ गतेको निर्वाचनबाट नयाँ
प्रधानमन्त्री चयन गर्न आग्रह गरेका छन् ।
रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नागरिक
अगुवाहरुले दलहरुले नसके नागरिक समाजलाई जिम्मेवारी सुम्पिएर मार्ग
प्रसस्त गर्न समेत आग्रह गरेका थिए ।
साक्षात्कारमा बोल्दै नेपाल डेमोक्र्याटिक लयस्र एसोसिएसनका अध्यक्ष
उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्रीको निर्वाचनमा दलहरुको तटस्थ रहने
भूमिका लोकतन्त्र विरोधी भएको दावी गर्दै यस्तो अवस्था अझै कायम रहे
अन्तरिम संविधान र सभासदहरु हुँदै मुलुक समेत असफल हुने चेतावनी दिनु भयो
।
उहाँले मुलुक असफल हुने अवस्थामा नागरिक समाज चुप लागेर नबस्नेसकि्रय हुने
चेतावनी दिदै त्यस्तो अवस्थामा नागरिक समाजले सरकार चलाएर मुलुकलाई निकास
दिने बताउनु भयो ।
नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले १७ गते मुलुकलाई
नयाँ प्रधानमन्त्री दिन दलहरुसँग आग्रह गर्दै नयाँ प्रधानमन्त्री दिन नसके
पदबाट राजिनामा दिन सभासदहरुलाई सुझाव दिनु भयो ।
उहाँले भन्नु भयो- जुन संसदले सरकार दिन सक्दैन त्यसलाई पदमा बस्ने अधिकार
रहँदैन । उहाले बारम्वारको निर्वाचनले नेताहरुको पोलिटिकल डेथ हुने भन्दै
संविधानसभा कार्यसन्चालन नियमावली बमोजिम सभामुखले बाधा अडकाउ फुकाएर नयाँ
निर्वाचन गराउनु पर्ने सुझाव दिनु भयो । उहाँका अनुसार नियमावलीको नियम
१५८ले बाधा अडकाउ फुकाउने अधिकार सभामुखलाई दिएको छ ।
रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाले लामो समयसम्म सरकार विहीनताको
अवस्था रहँदा मुलुक असफलता तर्फ जाने आशंका ब्यक्त गर्दै १७ गते नै
मुलुकलाई नयाँ सरकार दिन दलहरुसँग आग्रह गर्नु भयो । उहाँले दलहरुको
पछिल्लो ब्यवहारले लोकतन्त्रको मुल्य मान्यताको खिल्ली उडाएको दावी गर्दै
दलहरुसचेत नभए नागरिक समाज आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदिप पाठकले १७ गते नयाँ सरकार दिन
आग्रह गर्दै त्यसपछि बन्ने सरकारलाई नागरिक समाजले नमान्ने घोषणा गर्नु
भयो । उहाँले भन्नु भयो-१७ गते मुलुकले नयाँ सरकार नपाए त्यसपछि नागरिक
समाजले मुलुक चलाउनु पर्छ ।
नेताहरु असफल भए मुलुक असफल हुने उल्लेख गर्दै पाठकले यसले नेताहरुको क्षमतामा समेत प्रश्न खडा गरेको दावी गर्नु भयो ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञावलीले बर्तमान राजनीतिक गतिरोधको जड
नेकपा एमाले भएको आरोप लगाउँदै संसद भएको प्रमाणित गर्न पनि अगामि
निर्वाचनमा मतदान गर्नु पर्ने बताउनु भयो ।
उहाँले सभासद जागिर खान संविधान सभामा नआएको उल्लेख गर्दै भन्नु भयो-
उनीहरुलाई सरकार संविधान र शान्ति देउ भनेर पठाएको हो भत्ता खान होईन ।
अब १७ गते नयाँ सरकार दिन नसके सभासदहरुलाई भत्ता खाएर बस्ने अधिकार नभएको
उहाँको भनाई थियो । अध्यक्ष ज्ञावलीले एमाले र मधेसवादी दलहरुको तटस्थ
बस्ने नीतिले प्रतिगामिहरुलाई समर्थन गरिरहेको दावी समेत सो अवसरमा गर्नु
भयो ।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। केदारनरिसंह केसीले तटस्थता बस्ने
दलहरुको निर्णय गैरलोकतान्त्रिक र गैर जिम्मेवारपूर्ण निर्णय भएको भन्दै
निकास दिन नसके नागरिक समाज सडक आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो ।
डा। केसीले सरकार संविधान र शान्ति दिन नसक्नेलाई सभासद भएर बस्ने अधिकार
नरहेको दावी गर्दै दलहरुले नसके सरकार बनाउने जिम्मेवारी नागरिक समाजलाई
दिएर सभासदहरु संविधान बनाउन केन्द्रीत हुनु पर्ने धारणा राख्नु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस