बहुमतीय सरकारले शान्ति प्रकि्रयालाई पूर्णता दिन सक्दैनः अनमिन प्रमुख
July 29 2010
काठमाडौं १३ साउन । नेपालमा रहेको संयुक्त राष्ट्र संघको राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनलॆ बहुमतीय प्रकि्रयाबाट बन्ने सरकार कमजोर हुने भएकोले यस्तो सरकारबाट शान्ति प्रकि्रयालाई तोकिएको समयमा पूर्णता दिन नसकिने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । आफ्नै पार्टीका अध्यक्ष बहुमतको सरकार निर्माण गर्न कसरतमा रहेको बेला सहमतिको सरकारको बकालत गर्दै हिडनु भएका एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईसँग उहाँकै निवास शान्तिनगरमा भएको भेटवार्तामा ल्याण्डग्रेनले बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकि्रयामै बाधा पुराउने संभावना औल्याउँदै सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गरेको भट्टराईका सहयोगी विश्वद्धिप पाण्डेले जानकारी दिनु भयो ।
सरकार बनाउने प्रकि्रया लामो हुँदा सँगसँगै अनमिनलाई दिईएको समय पनि काम विहीन सकिदै जाने भएकोले सो अनमिनलाई समय अभाव हुने गुनासो पनि भेटमा ल्याण्डग्रेनले भट्टराईसँग गर्नु भएको थियो ।
अनमिनको म्याद सकिन ६ हप्तामात्र बाँकी रहेको भन्दै ल्याण्डग्रेनले सरकार निर्माणमा देखिएको गतिरोधले सेना समायोजन पनि सो अवधिमा हुन नसक्ने भएकोले शान्ति प्रकि्रया नै अबरुद्ध हुन सक्ने आशंका पनि गर्नु भएको थियो ।
भेटमा भट्टराईले शान्ति प्रकि्रयाले पूर्णता नपाउँदासम्म अनमिनको भूमिका आवश्यक पर्ने भन्दै म्याद थप्नुपर्ने पक्षमा आफू रहेको बताउनु भएको थियो ।
भेटमा भट्टराईले जनसेनालाई विशेष समिति मातहत ल्याएर समायोजन हुन चाहने र नचाहनेलाई अलग्याउन आफूहरु तयार रहेको बताउनु भएको थियो ।
संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याएर मुलुकमा दिगो शान्ति स्थापना गर्न सहमतिको सरकारमात्र साधक बन्न सक्ने भन्दै भट्टराईले अगामि १७ गते पनि ब्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयन गर्न नसके त्यसपछि सहमतिकालागी नयाँ ढंगले अगाडि बढन सबै तयार हुनु पर्ने र त्यसकालागी पहल भईरहेको जानकारी अनमिन प्रमुखलाई दिनु भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस