REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
फेरी प्रधानमन्त्री नछानीए मुलुक गोलचक्करमा फस्छः प्रचण्ड
July 29 2010

काठमाडौ १३ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमवार हुने निर्वाचनवाट पनि प्रधानमन्त्री चयन नभए मुलुक गोल चक्करमा फस्ने बताउनु भएको छ । देशलाइ गोलचक्करवाट बचाउन तीब्र बहसको जरुरी रहेको उहाँको भनाइ छ । अखिल नेपाल लेखक संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुक युगान्तकारी परिवर्तनको चरणमा रहेकोले अग्रगामी शक्तिहरु एकजुट हुने समय आएको बताउनु भएको हॊ । उहाँले अग्रगामी परिवर्तनको पक्षमा जुटन बौद्धिक समूदायसंग आग्रह गर्नुभयो। माक्सबादी साहित्य र जनयुद्धको सौन्दर्य नामक पुस्तकको विमोचनगर्दै प्रचण्डले दशक लामो माओवादी जनयुद्धको आयाम मध्ये साहित्य पनि महत्वपूर्ण रहेको बताउनुभयो । देश युगान्तकारी परिवर्तनमा रहेको तथा विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवादी धार प्रकट भएको समयमा प्रगतिशिल साहित्यलाइ सुधार्दै लैजानु पर्ने आबस्यकता औल्याउनु भयो । कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन बैद्य किरणले जनताको मुक्ति र देशलाइ नयाँ दिशा दिन प्रगतिशिल साहित्यले उर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले माओवादी जनयुद्ध लगायत पछिल्लो राजनीतिक परिवर्तनमा प्रगतिशिल साहित्यको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.