REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सहमतिको नाममा दलगत अडानमा नेताहरु अडिग
July 29 2010

काठमाडौ १३ साउन । विभिन्न दलका शीर्ष नेताहरुले राजनीतिक सहमतिका लागि आ आफ्नै अडानलाई तर्कको रुपमा दोहोर् याएका छन् । एमाले निकट युवा संघ नेपालले काठमाण्डौको राष्ट्रिय सभागृहमा आज गरेको शान्ति र संविधान लेखनका लागि राष्ट्रिय सहमति विषयक कार्यक्रम प्रमुख ३ दल तथा मधेसवादी र अरु सानादलको पुरानै भनाई आएको हो । कार्यक्रममा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमति नगरी गरिने १७ गतेको प्रधानमन्त्रीको निर्वाचनको महत्व नभएको भन्दै प्रधानमन्त्री चयन भए पनि बहुमतबाट बन्ने सरकारले मुलुकमा हित नहुने बताउनुभयो । उह।ले माओवादी र कांगे्रसलाई आ आफ्नो उम्मेदवारी फिर्ता गरेर संविधान निर्माणको लागि आउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांगे्रसका उपसभापति प्रकाशमान िसंहले शान्तिको कुरा विगतदेखि आफ्नो पार्टीले उठाउँदै आएकाले आगामी सरकारको नेतृत्व कांगे्रसकै हुनुपर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको नाममा मधेसी मोर्चाले भन्दै आएको एक मधेस एक प्रदेशको मागमा समर्थन जनाउन नसकिने बताउनुभयो । यस्तै मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको राजिनामापछि प्रमुख ३ दलबीचको दूरी झन् टाढा भएको बताउनुभयो । नेकपमा मालेका महासचिव सिपी मैनालीले माओवादीले उसकै कारण कसैको समर्थन नपाएको भन्दै आफ्नो व्यवहार सच्याउन आग्रह गर्नुभयो । कार्यक्रममा बदि्र पंगेनीलगायतका कलाकारहरुले प्रमुख दलहरुलाई शान्ति र संविधान बनाउन आग्रह गर्दै सांगितीक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.