एमालेले १७ गते अगाडि नै काग्रेसको पक्षमा निर्णय गर्ने देउवाको विश्वास
July 29 2010
काठमाडौ १३ साउन । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा एमालेले आगामि साउन १७ गते अगावै आफ्नो निर्णय बदलेर नेपाली काग्रेसका उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने विश्वास ब्यक्त गर्नु भएको छ ।
आफ्नै निवास बुढानिलकण्ठमा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले विगतमा एमाले नेतृत्वको सरकारलाई अन्तिम समयसम्म पनि नेपाली काग्रेसले समर्थन गरेको स्मरण गराउँदै अब पालो एमालेको आएको बताउनु भयो ।
उहाँले भन्नु भयो-पालो अब एमालेको हो । एमालेले निर्णय गर्छ र रामचन्द्रजी प्रधानमन्त्री बन्नु हुन्छ ।
रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्री बनाउँन आफू सबै खाले प्रयास गर्न तयार रहेको भन्दै देउवाले काग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा समेत गर्नु भयो ।
मुलुकलाई सहमतिको आवश्यकता रहेको स्विकार गर्दै देउवाले नेपाली काग्रेसको नेतृत्वमा माओवादीलाई पनि साथ लिएर राष्ट्रिय सहमतिको सरकार बनाउँने बताउनु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस