श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ
July 29 2010
काठमाडौ १३ साउन । श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ धकेलिएको छ । आज चौथो दिनको खेल सकिदा सम्म पनि भारत पहिलो पारीमै खेलिरहेकाले भोलि पाँचौ तथा अन्तिम दिन निर्णायक नतीजा आउने संभावना क्षीण भएको छ । कोलम्बोस्थित कि्रकेट मैदानमा पहिलो पारीमा श्रीलंकाले ४ विकेटको नोक्सानीमा ६४२ रन बनाएर पारी समाप्त गरेको थियो । पहिलो पारीको ब्याटिङमा रहेको भारतले आज चौथो दिनको समाप्तीमा ९ विकेट गुमाएर ६६९ रन जोडेको छ । श्रीलंकाका कुमारा साँगाकाराले बनाएको दोश्रो शतकको जवाफमा भारतका माष्टर ब्लाष्टर सचिन तेन्दुलकरले उसैगरी २०३ रनको दोहोरो शतबाटै दिएपछि श्रीलंका विरुद्धको पहिलो पारीमा भारतले पनि सशक्त जवाफ फर्काउन सफल भएको हो । पहिलो टेष्ट म्याच श्रीलंकाले जितेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस