काठमाडौ १४ साउन । राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार नेपाललाई दिने भएको छ । चीनको सहयोगमा स्थापना गरिएको ूसाक्षरताका लागि युनेस्को कम्पुयुसियस पुरस्कारू नेपालको अनौपचारिक शिक्षा केन्द्रलाई दिने बुधबार घोषणा गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
प्रुfन्सको राजधानी पेरिसस्थित युनेस्को मुख्यालयका अनुसार अनौपचारिक शिक्षा केन्द्रद्वारा प्रभावकारीरुपमा साचालित राष्ट्रिय सारक्षरता अभियानका लागि उक्त पुरस्कार दिइएको हो । सरक्षरता प्रवद्र्धनमा नवीन पद्धति र उत्तम काम गरेबापत युनेस्कोले वार्षिकरुपमा विश्वव्यापी युनेस्को अन्तरराष्ट्रिय सरक्षरता पुरस्कार प्रदान गर्ने गर्दछ । सेप्टेम्बर ८ तारिखका दिन पर्ने विश्व साक्षरता दिवसको दिन पारेर आगामी भदौ २३ गते युनेस्को मुख्यालयमा पुरस्कार वितरण गरिने समाचारमा जनाइएको छ ।