एमाले निर्णय विरुद्धको सुनुवाइ आज पनि
July 29 2010
काठमाडौ१४ साउन । प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहनेछ । हिजो सुनुवाइको क्रम नसकिएकाले आज फेरि सुनुवाई अघि बढाइने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले बताउनुभयो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसदको बैठकमा ४ सय १ सभासदको लिखित सहमति प्राप्त नभएको भन्दै उम्मेदवारी फिर्ता लिनु संविधान विपरित भएको भन्दै अधिवक्ताहरु भविश्वर गुरुङ र कुमार शर्मा आचार्यले अस्ति रिट दायर गर्नुभएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस