काठमाडौ १४ साउन । मधेसवादी मोर्चा एकीकृत माओवादी र कांग्रेसको लिखित प्रतिवद्धता पर्खामा रहेपनि पत्र प्राप्त भएको छैन् । एकीकृत नेकपा माओवादीले भने आज मोर्चासँगको छलफलमा पत्र दिने बताएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले आज मधेसवादी दल र साना दलहरुसँग छलफल हुने त्यसैक्रममा पत्र दिइने जानकारी दिए । मोर्चासँगको छलफलसँगै आज अपरान्हसम्ममा लिखित धारणा सार्वजनिक गरिने छ । हिजो तयार गरेको लिखित पत्रलाई आज बुझाइने तयारी भएपनि समय भने तय भई नसकेको माओबादीका एक नेताले बताएका छन् । मधेशी मोर्चा संगको आज हुने वार्ताको समय एकिन नभएपनि सांझसम्ममा वार्ता गरि लिखित प्रतिबद्धता बुझाइने माओवादी स्रोतले जानकारी दिएका छन् । प्रधानमन्त्री चयनका लागि भएको दुई चरणको निर्वाचनमा कांग्रेस र माओवादीका उमेदवारले स्पष्ट वहुमत प्राप्त नगरेकोले तेस्रो चरणको निर्वाचनमा सहभागिताको लागि मधेशी मोर्चाले आफूहरुका मागमा लिखित प्रतिवबद्धता मागेको थियो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मोर्चाका मागवारेमा माओवादीले पार्टीको नीति सिद्धान्तभित्र रहेर सम्वाधन गर्ने प्रयत्न गरेको जानकारी दिनुभयो । <br>
निर्णायक भूमिकामा रहेका मधेशी मोर्चाले अगाडी सारेका मुद्धावारे लिखित जवाफको तयारीका लागि दुवै दलले गृहकार्यलाई तीव्रता दिएपनि कांग्रेसले लिखित जवाफको आवश्यकता नरहेको बताउदै आएको छ । प्रधानमन्त्री चयनका लागि तेश्रो चरणको निर्वाचन यहि १७ गते हुदैछ ।