मधेसी मोर्चाकोलागी काग्रेसको जवाफ तयार
July 30 2010
काठमाडौ १४ साउन । नेपाली काग्रेसले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेको सहमतिको आधारपत्रको जवाफ तयार पारेको छ ।
मोर्चाले कुनै दल विशेषका प्रधानमन्त्रीको उमेदवारको पक्षमा मतदान गर्न सम्बन्धीत दलको आधारपत्रमाथिको धारणा आउनु पर्ने भनेपछि काग्रेसले आधारपत्रको जवाफ तयार पारेको हो । मोर्चाले मधेसका सवाल शान्ति प्रकि्रया र संविधान निर्माणको विषय समेटिएको आधार पत्र सार्वजनिक गरेको थियो ।
मोर्चाको आधारपत्रमा नेपाली काग्रेसले १४ बुँदे जवाफ तयार पारेको प्रवक्ता अर्जुन नरिसंह केसीले जानकारी दिनु भएको छ ।
प्रवक्ता केसीका अनुसार मोर्चाले उठाएका अधिकांश मागमा काग्रेस नजिक रहेको दावी गर्दै लोकतन्त्रको संस्थागत विकास बहुलबाद शान्ति प्रकि्रया संविधान निर्माण जस्ता विषयमा काग्रेस र मोर्चावीच सहमति रहेको छ । यद्यपि काग्रेसले मोर्चाको आत्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेस प्रदेशको विषयमा भने काग्रेसको जवाफ मौन रहेको छ । प्रवक्ता केसीले सो विषयमा आपसी छलफल पछि निर्धारण गरिने बताउनु भयो । जवाफलाई लिएर काग्रेसले मोर्चासँग छलफलको तयारीसमेत गरिरहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस