REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
एमाले र काग्रेसद्धारा एक अर्कालाई धोका दिएको आरोप
July 30 2010

काठमाडौ १४ साउन । एमाले र काग्रेसका नेताहरुले सरकार गठनको अवस्थामा आएर दुई पार्टीले एक अर्कालाई धोका दिएको आरोप लगाएका छन् । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका यूवा नेता एवम् केन्द्रीय सदस्य योगेश भट्टराईले काग्रेसका प्रधानमन्त्री उमेदवार रामचन्द्र पौडेलको निवासमा भएको बार्तामा एमाले काग्रेसवीच एकीकृत नेकपा माओवादीले जसको नेतृत्वमा सरकार बन्छ त्यो दलको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने सहमति भएकोमा नेपाली काग्रेसले एमालेलाई माओवादीको समर्थन भएको अवस्थामा आफ्नो उमेदवार बनाएर धोका दिएको दावी गरे । उनले भने-काग्रेसले रामचन्द्र पौडेलको निवासमा भएको सहमति अनुसार झलनाथ खनालको पक्षमा माओवादी समर्थन रहँदा पनि काग्रेसले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावनालाई तुहायो । काग्रेसमा अहिलेको छटपटाहट एमालेलाई धोका दिएका कारण उत्पन्न भएको हो । नेकपा एमालेसँग अहिलेसम्म कसैले पनि औपचारिक रुपमा मत नमागेको खुलासा गर्दै भट्टराईले अहिलेकै अवस्थामा एमालेले १७ गतेको निर्वाचनमा पनि मत नहाल्ने स्पष्ट पारे । शान्ति र संविधान निर्माण हुने विश्वासिलो बातावरण नबनेसम्म एमालेले कसैको पक्ष विपक्षमा मतदान नगर्ने भन्दै उनले यथास्थितिमा एमालेले मतदान गर्नु भनेको मुलुकलाई पुनः यूद्ध तर्फ धकेल्ने कदम हुने बताए । हतियार र सेना रहेसम्म माओवादीको नेतृत्वमा सरकार निर्माणको पक्षमा एमाले नरहेको भन्दै उनले माओवादीको समर्थन पाउने जुनसुकै उमेदवारको पक्षमा पनि एमालेले मतदान गर्ने बताए । उनले भने-संसदीय ब्यवस्थालाई बदनाम गर्ने प्रधानमन्त्री पदका दुई उमेदवारले उमेदवारी फिर्ता लिनु पर्छ । त्यसपछि पुन सहमति खोजेर सरकार बनाउँनु पर्छ । साक्षात्कारमा नेपाली काग्रेसका सभासद नविन्द्रराज जोसीले एमालेले तटस्थ बस्ने निर्णय गरेर काग्रेसलाई धोका दिएको दावी गरे । उनले भने-हिजो एमालेलाई हामिले समर्थन गरेका थियौ तर अहिले एमालेले मतदान नगरेर काग्रेसलाई धोका दियो । उनले एमालेले निर्णय बदलेर १७ गतेको निर्वाचनमा आफ्ना पार्टीका उमेदवारको पक्षमा मतदान गर्ने विश्वास ब्यक्त गर्दै शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन काग्रेस मधेसवादी एमाले र साना दलको लोकतान्त्रिक गठबन्धन कायम रहनुको विकल्प नरहेको दावी समेत सो अवसरमा गरे । एमालेको तटस्थ बस्ने निर्णय राजनीतिक नभई प्रविधिक किसिमको भएको बताउँदै जोसीले यस्तो निर्णयले संसदलाई औचित्य हिन बनाएको आरोप लगाए । उनले भने- मलाई विश्वास छ एमालेले संसदलाई औचित्य हिन बनाउने काम गर्दैन । उसले आफ्नो निर्णय परिवर्तन गरेर मतदान गर्छ । शान्ति प्रकि्रयाको सुरुवात काग्रेसको नेतृत्वमा भएकोले अहिले पनि शान्ति र संविधान निर्माणको कामलाई अगाडि बढाउन काग्रेसको नेतृत्वको निरन्तरता आवश्यक रहेको उनको भनाईरहेको थियो । जनशक्ति पार्टीका यूवा नेता अर्जुन राईले १७ गते पनि मुलुकले प्रधानमन्त्री नपाए संसदको औचित्य समाप्त हुने दावी गर्दै तीन दल मिलेर सहमतिको सरकार बनाउनु पर्ने सुझाव दिए । उनले तीन दलका कारण मुलुक अनिर्णयको बन्दी बन्ोको अरोप लगाउँदै उनीहरुले मुलुकको मुल मुद्दालाई विसे्रर सरकार बनाउने र गिराउने खेलमामात्र लागेको गुनासो गरे । उनले यथास्थितिमा आफ्नो पार्टीले काग्रेसका उमेदवारलाई १७ गते पनि मतदान गर्ने स्पष्ट पारे ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.