प्रचण्डको पक्षमा मतदान गर्ने विषयलाई लिएर मधेसी मोर्चा विभाजित
July 30 2010
काठमाडौ १४ साउन । आगामि १७ गतेको निर्वाचनमा एकीकृत नेकपा माओवादीका उमेदवार अध्यक्ष प्रचण्डको पक्षमा मतदान गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई प्रमुख घटकवीच मतभेद उत्पन्न भएको छ ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र मधेसी जनाधिकार फोरम नेपालविच प्रचण्डलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद उत्पन्न भएपछि त्यस्तो अवस्थाको सृजना भएको हो ।
रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै फोरम नेपालका यूवा नेता अभिषेकप्रताप साहले मोर्चाले आगामि १७ गते हुने निर्वाचनमा मोर्चा तटस्थ नबस्ने भन्दै माओवादीका उमेदवार प्रचण्डको पक्षमा मतदान गर्ने दावी गरे । उनले भने-१७ गते प्रचण्ड प्रधानमन्त्री बन्नु हुन्छ । मोर्चाले एकमतले उहाँको पक्षमा मतदान गर्छ । उनले एमालेलाई पनि तटस्थ बस्ने निर्णय वदल्न आग्रह गर्दै उनले तटस्थ बसेर अब दलहरुले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुँने बताए ।
फोरम लोकतान्त्रिकका यूवा नेता एवम् भौतिक योजना तथा निर्माण राज्यमन्त्री सन्जयकुमार साहले मोर्चाले माओवादी उमेदवारको पक्षमा मतदान नगर्ने स्पष्ट पार्दै १७ गते पनि मोर्चा तटस्थ नै बस्ने संभावना ब्यक्त गरे ।
१७ गते नयाँ प्रधानमन्त्री चयन नहुँदै कुनै दुर्घटना भई नहाल्ने दावी गर्दै राज्यमन्त्री साहले माओवादी नागरिक पार्टी नबनेसम्म मोर्चाले माओवादी उमेदवारको पक्षमा मतदान गर्नै नसक्ने ठोकुवा गरे । उनले भने-मोर्चा नागरिक पार्टीहरुको गठबन्धनबाट सरकार बन्नु पर्छ भन्ने पक्षमा छ । उग्रवामपन्थलाई मोर्चाले स्विकादैन ।
उनले विगतको मधेस आन्दोलनमा मधेसी जनताहरुले सरकारसँग भन्दा माओवादी कार्यकर्तासँग बढी लडनु परेको स्मरण गर्दै मोर्चाले प्रचण्डलाई मतदान नगर्ने बताए ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस