चाल्स्र शोभराजमाथिको अभियोग सदर
July 30 2010
काठमाडौं, १४ साउन । एक अमेरिकी महिलालाई बलात्कारपछि हत्या गरेको आरोपमा फ्रान्सेली नागरिक चाल्स्र शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्ने पाटन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । पछिल्लो निर्णय पछि उनले अब १४ वर्ष अझै जेल जीवन बिताउनु पर्ने छ ।
न्यायाधीशद्धय रामकुमारप्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको पाँच वर्ष अघिको फैसलालाई सदर गर्ने निर्णय सुनाएको हो ।
अमेरिकी महिना कोन्निजो ब्रोनचिजको हत्या गरेको र जाली पासपोर्ट प्रयोग गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको फैसलाका कारण सोभराज विगत पाँच वर्षदेखि जेलजीवन विताउँदै आएका छन् । काठमाडौं जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेपछि शोभराजले त्यसविरुद्ध ०६२ साल कार्तिक २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उनीमाथि २०३२ साल पुस ६ गते सागामा भेटिएको एक शव र पुस ८ गते कोटेश्वरमा भेटिएको अर्को एक शवसग जोडेर त्यसको हत्यामा संलग्न भन्दै मुद्दा चलाइएको थियो । उनीविरुद्ध २०३३ सालमा मुद्दा पनि दायर गरिएको थियो । तर शोभराज भागेकाले उनी भेटिएपछि कारबाही चलाउने गरी उक्त मुद्दा तामेलीमा राखिएको थियो ।
यसैबीच सन् १९७६ मा शोभराज एक अपराधका सिलसिलामा भारतमा पक्राउ परेपछि उनको नाम चाल्स्र शोभराज भएको थाहा भएको थियो ।
शोभराज जीवनका करिब ४० वर्ष विभिन्न अपराधवापत जेलमा बिताइसकेका व्यक्ति हुन। उनी ९ वटा देशका जेलमा परिसकेका छन ।
यसैबीच विभिन्न अपराधमा मुद्दामा जेल सजाय भोगिरहेका शोभराजकी पत्नी निहिता विश्वासले अदालतको निर्णय दुराशाय पूर्ण भएको भन्दै आक्रोस व्यक्त गरेकी छन् । उनले शोभराजविरुद्धको सर्वोच्चको निर्णयमा पैसाले न्यायाधिसलाई प्रभावित गरेको भन्दै त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तराष्ट्रिय अदालतमा अपिल गर्ने बताएकी छिन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस