सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
July 30 2010
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ गरेको छ ।
आज विहान एक वजे मैनावती खोलामा संकास्पद अवस्थामा फेलापरेका उनिहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गास्ती टोलीले घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पक्राउ पर्नेमा सिराहा मझौली गाविस वडा नम्वर ७ का शिवसंकर दास माईकल शर्मा वेतोनाहा गाविस २ का ईमरान खाना फुल्काहाकट्टिका ३ जयप्रकास िसंह असनपुर ६ का राजु शर्मा भारत जयनगरका सत्यनारायण दास रहेका छन् ।
प्रहरीले डाकाहरुसंग दुई थान नलकटुवा पेस्तोल २ थान गोली एक थान नक्कली पेस्तोल वरामद गरेको ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस