नवलपरासी १५ साउन । नवलपरासी जिल्लामा आज यात्रुबाहाक जिप पल्टिदा ९ जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । जिल्लाको अर्खलाबाट दलदले यात्रु लिएर जाँदै गरेको लु.१.ज १८८० नम्बरको जीप नियन्त्रण गुमाई पल्टिदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुलिङटार गाविसमा लीलाप्रसाद रानाभाट उहाँका १० वर्षीय नाती सौरभ जानीटार मगर लगायतको मृत्यु भएको हो । अन्य मृत्तकको पहिचान खुलेको छैन । जिपमा १५ यात्रु सवार रहेका थिए ।
पानी परेका कारण चिप्लो र कच्ची सडकमा जीपले नियन्त्रण कायम गर्न नसक्दा एक सय फिट तल खंसेको हो ।