REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
शिर्षकः सय वर्ष बाँच्न दोश्रो विवाह
July 31 2010

ऋषि धमला:

ओपनीङ
उनले जिवनमा दुई पटक विवाह गरे । पहिलो विवाह गरे २२ वर्षको लक्का जवान हुँदा । करीव पाँच दशक लामो दाम्पत्य जिवनपछि प्रथम पत्नीले छाडेर गईन् । त्यसपछि सत्तरी वर्षको उमेरमा उनले दोश्रो विवाह गरे आफुभन्दा तिस वर्ष कान्छी कन्यासँग । यो कथा हो नेपाली काँग्रेसका पुराना नेता खनपरुदे रामबाबु प्रसाईंको । रामबाबु अहिले ८९ वर्षका भईसके । अहिले ५९ वर्षीया श्रीमती पुनावतीसँग रामबाबुको प्रेम मात्र हैन सेक्स सम्बन्ध पनि कायमै छ । भन्छन 'सेक्स क्षमता पहिलेभन्दा धेरै घटयो तर हामी यसमा पुरै असमर्थ भने छैनौं ।' अन्नपुर्ण फुस्रदमा यसपटक एक सय वर्ष बाँच्ने इच्छा पालेका नितै रामबाबुको प्रेम सेक्स र जिवनका रोचक कथा पत्रकार ऋषि धमलाको प्रस्तुतीः
………॥

विसं २००० सालमा खनपरुदे रामबाबु प्रशाईले पहिलो विवाह गरे सानो ठिमीकी निलीम सिजापतीसँग । निलीमसँग रामबाबुको दाम्पत्य जिवन ४८ वर्षसम्म चल्यो । प्रथम पत्नीबाट तिन छोरा र दुई छोरीको जन्म भयो । २०४८ सालमा निलीमको निधन भयो ।
प्रथम श्रीमती परलोक भएको डेढ वर्षपछि सत्तरी वर्षको उमेरमा रामबाबुले ४१ वर्षीया पुनावतीसँग विवाह गरे । किन त ुनिलीमले छाडेर गएको डेढ वर्षपछि मलाइ लाग्यो मैले अर्को विवाह गर्नुपर्छ । किनकी म चाँडै मर्न चाहन्नथें । स्वस्थ रहेर भरसक सय वर्ष बाँच्ने मेरो धोको रहयो' रामबाबु भन्छन 'त्यसका लागी मेरो जिवन सन्तुलीत र सन्तुष्ट हुनु आवश्यक थियो । त्यसैले यौन चाहना र सन्तान उत्पादनको दृष्टीले भन्दा पनी आफनै जिवन व्यवस्थीत बनाउन मैले पुनावतीसँग विवाह गरेको हुँ ।'
सत्तरी वर्षको उमेरमा विवाह गर्ने निधो गर्दा रामबाबुले शर्त राखे केटी चालीस वर्षभन्दा माथिकी हुनुपर्ने दोश्रो श्रीमतीले सन्तानको चाहना गर्न नहुने । 'यही शर्त बमोजीम केटी खोज्दै जाँदा इलामको फिक्कलमा पुनावती फेला परीन्' रामबाबु भन्छन ुउनको परिवार सज्जन रहेछ उनी त झन सुकुमारी । उनका सबै कुरा मन परे । विवाह गर्दा कस्ती केटी पर्लीन घर बिग्रने हो की भन्ने चिन्ता थियो तर पुनावती त म भन्दा पनि बढी व्यवहारीक पाएँ ।'
प्रेममा उमेर अन्तरको असर
सामान्यतया बढी उमेरको पुरुषले कम उमेरकी स्त्रीसँग विवाह गर्न खोज्छन् । अझ साठी कटीसकेका बृध्दे विस बाईस वर्षकी कन्यासँग विवाह गर्न लालायीत भएको पनि देखीन्छ । 'यो स्वाभाविक हो । साठी सत्तरी वर्षको उमेरको केटो कलीला कन्याहरुतर्फ आकर्षित हुनु स्भाविक हो' रामबाबु भन्छन 'तर साठी वर्षको केटोसँग विस वर्षकी कन्या भने कुनै हालतमा आकर्षित हुँदैनन । यदि कुनै कलीली कन्याले बुढोसँग प्रेम गरेकी छिन भने त्यसमा प्रेम हैन पद-पैसा वा अन्य केही स्वार्थ लुकेको हुन्छ ।'
उमेर अन्तर र सेक्स
रामबाबु मनोविज्ञहरुको भनाई उधृत गर्दै प्राकृतिक रुपमा मानिसको पहिलो चाहना खाना र दोश्रो सेक्स भएको बताउँछन् । "चालिस वर्षसम्म यौन शक्ति प्रचूर मात्रामा रहे पनि त्यसपछि घटदै जान्छ । बिलकुल असमर्थ नभए पनि घटदै जान्छु रामबाबु भन्छन । दोश्रो श्रीमतीबाट सन्तान नभए पनि सेक्स सम्बन्ध भईरहेको रामबाबु बताउँछन् । 'अहिले पुनावतीसँग अली अली सेक्स सम्बन्ध छ । अहिले एक-दुई महिनामा एक पटक मात्र हुन्छु रामबाबु भन्छन् ।
वृध्द उमेरमा किन सेक्स क्षमता घटछ त रामबाबुसँग यसको सटीक जवाफ छ । 'फीमेलको सेक्स सजिलो हुन्छ पुरुषको सेक्स जटील हुन्छ । पुरुषले सेक्स चाहना राखे पनी त्यो पुर्तीका लागी उसका अंगहरुले काम गर्नसक्नुपर् यो । अंगहरु शक्तिशाली हुनुपर् यो । तर बुढेशकालमा ति कमजोर हुँदै जान्छन नी" रामबाबु भन्छन "महिलातर्फ त्यो कुरा कमजोर हुने कुरै आएन । त्यसैले पुरुषका लागी सेक्स जटील छ ।"
प्रेम र सेक्समा अन्तर
रामबाबु सेक्स र प्रेमलाई पृथक ठान्छन् । "सेक्सुअल लभ बेग्लै हो त्यसलाई वासना भन्छनु रामबाबु भन्छन "प्रेम त इश्वर साथीभाई दिदी बहीनी सबैसँग गरिन्छ । प्रेम र सेक्स बेग्लै हो । सेक्सुअल लभ क्षणीक हुन्छ । प्रेमभित्र सेक्स आउनसक्छ तर सेक्सभित्र प्रेम हुँदैन ।"
यद्यपी सेक्स सम्बन्धका बारेमा रामबाबु उदार छन् । "कसैले पैसाका लागी सेक्स गर्छ त्यसलाई कर्मसीयल सेक्स भनीन्छ । पैसा तिर्नेलाई सेक्सुअल स्याटीस्फयाक्सन हुन्छ होला तर पैसा लिनेलाई हुँदैन । जहाँ दुवैको इच्छा बमोजिम सेक्स हुन्छ र त्यहाँ पैसाको लेनदेन हुँदैन त्यसमा सन्तुष्टी हुन्छु रामबाबु भन्छन "सेक्समा सकेसम्म संयमीत हुनुपर्छ । बलात्कार र कर्मर्शीयल सेक्सबाहेक यदि उमेर पुगेका युवा युवतीविच विवाहअघि पनि दुवैको चाहनामा हुने सेक्सलाई म प्राकृतिक नै ठान्छु ।"
पढे कृषि र कानून लागे राजनीतिमा
रामबाबु प्रसाईको जन्म विसं १९७८ माघ १५ गते ताप्लेजुङ जिल्लाको हाङपाङमा भएको हो । आठ वर्षको उमेरसम्म रामबाबुको बाल्यकाल हाङपाङमै बित्यो । त्यसपछि उनी काठमाडौं आए । लप्टनबाट रिटायर्ड भईसकेका पिता देवीप्रसादले काठमाडौको एयरपोर्टनेर घर बनाईसकेका थिए । सोही घरमा तिन वर्ष बिताएपछि रामबाबु अध्ययनका लागि भारत बिहारको डुमरी भन्ने गाउँमा पुगे । डुमरीमा सात कक्षासम्म पढे । अनी एसएलसी चाँही सितामढीनेरको सिवहर भन्ने ठाउँको एक हाईस्कुलबाट पास गरे । सरकारी छात्रबृत्तीमा बम्बई युनिभसर्ीटी पुनाबाट विएसीसी एग्रकल्चर पास गरेका रामबाबुले पछि पटना युनिभसर्ीटी अन्र्तगत बिएल पनि पास गरे ।
भारतमा हाईस्कुल पढदादेखी नै रामबाबुमा राजनीतिको नशा चढीसकेको थियो । स्कुलको बातावरण महात्मा गान्धीको आर्दशले ओतप्रोत थियो । "म पढने स्कुल नै भारतीय काँग्रेसका नेताले खोलेको मलाई राजनीतिले नछुने कुरै थिएनु रामबाबु भन्छन । विसं १९९३ सालदेखी नै राजनीतिमा होमीएका रामबाबु नेपाली काँग्रेस झापा जिल्ला सभापति मेची-कोसी अचंल संयोजक हुँदै केन्द्रीय कोषाध्यक्ष बने । २०४८ र २०५१ सालका संसदीय निर्वाचनमा उनी काँग्रेसको उम्मेदवार बने पनि विजयी भएनन् ।
अहिले राजा मान्ने काँग्रेस
अहिले रामबाबु काँग्रेसमा छैनन । किन त "मैले आफनै कारणले काँग्रेस छाडेको हुँ । २०६२ साल भदौ १७ गते काठमाडौंमा सम्पन्न काँग्रेस महाधिवेशनले संवैधानिक राजतन्त्र निरपेक्ष हुने निर्णय गर् यो । त्यसप्रति असहमती जनाउँदै भदौ १८ गते मैले काँग्रेसबाट राजीनामा दिएँ" रामबाबु भन्छन् । नेपाली काँग्रेसले विसं २००३ सालदेखी संवैधानिक राजतन्त्र चाहिन्छ भन्दै आएको स्मरण गराउँदै रामबाबु भन्छन "महाधिवेशनले त्यो नीति त्याग्यो । विपी बाबु हुनु भएको भए पनि उहाँ सो निर्णयको खिलाफमा हुनुहुन्थ्यो । किनकी राजसंस्था रहेन भने यो देशको स्वतन्त्रता र अखण्डता रहन गाह्रो पर्छ भन्ने विपीको पनि मान्यता थियो मेरो पनि त्यही मान्यता हो ।"  
२०६२ साल मंसिरमा प्रकाश कोईराला र दुर्गा पोखरेललगायतका ुराजसंस्था मान्ने काँग्रेसजनु मिलेर स्थापना गरे नेपाली काँग्रेसराष्ट्रवादी । रामबाबु हाल सोही पार्टीका अध्यक्ष छन् । प्रकाश कोईरालालाई कार्यकारी अध्यक्ष बनाईएको छ । 'म राजनीतिमा सहभागी छु । अर्थात यो देश स्वतन्त्र र अखण्ड रहीरहोस भन्ने चिन्तन र अभियानमा छु रामबाबु भन्छन् ।
नो अल्कोहल नो टोबाको
रामबाबु विहान पाँचै बजे उठछन् । दिनभरी पत्रिका पढछन र साथीभाई भेटछन् । उनको खाना हो साधारण दालभात अली-अली माछा-मासु सलाद हरियो परीयो फलफूल दुध दही । ुधेरै तारेको चिज त्यति खान्न । राती दश बजेतीर सुत्छु । जिवन सुखी छु उनी भन्छन् । रामबाबुले मदीरा र सुर्तीजन्य पदार्थको आजसम्म सेवन गरेका छैनन् । 'मलाई रक्सी र चुरोट कहिल्यै मन परेनु रामबाबु भन्छन 'शायद शरीरलाई बेफाईदा गर्ने भएकाले हुनसक्छ । कहिल्यै मुखमा हालीन ।' भगवानबारे आफु विलकुल अनविज्ञ रहेको रामबाबु बताउँछन् । ुम मन्दीर जान्छु मस्जीद चर्च गुम्बा गुरुद्वारा जहाँ पनि जान्छु । तर मलाई देउताबारे केही थाहा छैन्' रामबाबु भन्छन् ।
सकियो सात सय बिगाहा खेत
सम्पत्ति कति छ भन्ने प्रश्नमा रामबाबु भन्छन 'खान लाउन पुगेको छ । बुबाले झापामा केही खेत जोडीदीनु भएको थियो । त्योमध्ये कति त सरकारले खोस्यो कति बेचीयो । कति छोरा छोरीको पढाई र विवाहमा खर्च भयो । कति त राजनीतिमै लागेर मास्ने काम भयो' रामबाबु भन्छन 'मेरो बुबाको पालामा सात सय विगाहा खेत थियो अब त्यो बेलाको चर्चा गर्नुको कुने अर्थ छैन । अहिले त खासै छैन् । झापामा अली अली होला काठमाडौंको सुकेधारामा एउटा घर छ । तिन भाई छोरालाई अशंवण्डा दिनैपर् यो । त्यसपछि त के नै बाँकी रहला र '  



वक्समा
शव्द चित्रमा रामबाबु प्रसाईं

नामः खनपरुदे रामबाबु प्रसाईं
परिचयः वरिष्ठ राजनीतिज्ञ
जन्मः विसं १९७८ माघ १५ ताप्लेजुङ हाङपाङ
माता÷पिताः रुद्रकुमारी÷देवीप्रसाद
श्रीमतीः स्व। निलीमप्रथम पुनावतीदोश्री
भाईः स्वं सिके प्रसाईं भरतवावु
दिदी÷बहीनीः लक्ष्मी र शारदा
छोरीहरुः …………।
छोराः ……………॥
मनपर्ने खानाः सात्वीक भोजन
मनपर्ने फुलः सबै
मनपर्ने जनावरः गाई
घुम्न मनपर्ने ठाउँ:  संसार
मनपर्ने नेताः भारतका महात्मा गान्धी जवाहरलाल नेहरु सुवासचन्द्र बोस नेपालका विपी सुवर्णशमसेर गणेशमान र किशुनजी

उध्दरणः

म चाँडै मर्न चाहन्नथें । स्वस्थ रहेर भरसक सय वर्ष बाँच्ने मेरो धोको रहयो' रामबाबु भन्छन 'त्यसका लागी मेरो जिवन सन्तुलीत र सन्तुष्ट हुनु आवश्यक थियो । त्यसैले यौन चाहना र सन्तान उत्पादनको दृष्टीले भन्दा पनी आफनै जिवन व्यवस्थीत बनाउन मैले पुनावतीसँग विवाह गरेको हुँ ।'



(अन्नपूर्ण पोष्ट दैनिकको शनिबारको फुस्रदबाट सभार गरिएको) 
 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.