सप्तरी १५ साउन । पार्टी नेतृत्वमा ब्यक्तिवादी र हैकमबादी प्रवृत्ति हावी भएको भन्दै सप्तरीका दर्जनौ जिल्ला नेता तथा कार्यकर्ताले आज एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजबिराज नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरि अनेरास्वबियुका केन्द्रीय सदस्य दिशेन कुमार यादव पूर्व जिल्ला सचिव उमेश यादव जिल्ला सदस्य अनिरुद्ध प्रसाद िसंह मबिब क्याम्पसमा अनेरास्वबियुका तर्फबाट निर्वाचित स्वबियु सभापति केदार यादव लगायत बर्गीय संगठनका केन्द्रीय सदस्यहरु गरि एक सय भन्दा बढीले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले अर्को पार्टी प्रवेशको घोषणा नगरेपनि एमाले पार्टी मधेसका सवालहरुलाई सम्बोधन गर्न उदासीन देखिएको आरोप लगाएका छन् । यस्तै आरोप लगाउदै तीन महिना अगाडी मात्र नेकपा एमालेका पूर्व सांसदहरु दानालाल चौधरी हिरालाल चौधरी लगायत दर्जनौ नेताहरु पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।