बाँके १५ साउन । सशस्त्र भूमिगत समुह जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीले माओवादीसंग सहकार्य गरे मधेशवादी नेताहरु माथि भौतिक कारबाही गर्ने धम्की दिएको छ । समूहका अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार भगत िसंहले आज प्रेस बिज्ञप्ति जारि गरेर सत्ताका लागि माओवादीसंग हातेमालो नगर्न मधेशवादी राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । राजतन्त्र पछि तराईमा माओवादीले साशन गर्ने दिवा सपना देखिरहेको आरोप लगाउदै अध्यक्ष िसंहले मधेश कब्जा गर्ने कुसोच बनाएको माओवादीसंग हातेमालो गरेमा मधेशवादी नेताहरु माथि जनकारबाही गर्ने बताउनु भएको छ ।
जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीले माओवादीलाई प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको जनाएको छ ।