REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
नेपाल टेलिकम दक्षिण एसीयाकै उत्कृष्ट बन्ने योजनामा
July 31 2010


काठमाडौ १५ साउन । गुणस्तरीय सेवा दिन नसकिरहेको भनी लागिरहेको आरोपलाई झुठो सावित गर्ने गरि नेपाल टेलिकमले दक्षिण एसीयाकै उत्कृष्ट प्रविधि र सेवा दिने नयाँ रणनीति तयार पारेको छ । यस रणनीति अनुरुप टेलिकमले कायम रहेका प्रविधिलाई उच्च क्षमतामा साचालन गर्ने पुरानाका ठाँउमा विश्वकै अत्याधुनिक प्रविधिले प्रतिस्थापन गर्ने गुणस्तर विस्तार गर्ने र आफ्नो सेवालाई मुलुकको हरेक कुनामा पुर् याउने छ । सँग सँगै नेपाल टेलिकमले अन्य प्रतिष्पर्घि कम्पनीले दिन नसकेको एनजीएन प्रविधि भित्राउने कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको छ । टेलिकमले छिट्टै सुरु गर्ने गरि काम गरिरहेको एनजीएन प्रविधिबाट नेपाली उपभोक्ताहरुले मोवाईलमै टेलिभिजन हेर्ने केबुल टेलिभिजनको स्थानमा ल्याण्डलाईन टेलिफोनबाटै स्तरीय टेलिभिजन हेर्ने भिडियोकललगायतका सुविधिहरु थप पाउने छन् । अहिले पनि नेपाल टेलिकमले सीडीएमए प्रविधिमा आधारित फोन पीएसटीएन जीएसएम मोवाईल जीएसएममा थि्रजी सेवाका साथसाथै एडीएसल ईन्टरनेट लगायतका सुविधा दिदै आएको छ ।
टेलिकम ब्यवस्थापनका अनुसार निजि क्षेत्रबाट चुनौतिहरु थपिदै गएको अवस्थामा आफ्नो सर्वोच्चता कायम राख्न भएका सेवालाई गुणस्तरीय बनाउने र नयाँ नयाँ सेवा र सुविधाहरु थप्ने कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ ।
टेलिकमले आफ्नो रणनीतिलाई यथासक्य चाँडो कार्यान्वयनमा ल्याउन संसारकै उत्कृष्ट साचार उपकरण निर्माता र प्राविधिक परामर्श दिने संस्था जेटीईलाई साथमा लिएर अगाडि बढेको छ । उत्कृष्ट प्रविधि र सेवा दिन नसकेको भनी आरोप खेपिरहेको जेटीईको काम र प्रविधिको पुर्नमुल्याङकन पछि हालै सो कम्पनीले क्लिन चिट पाईसकेको छ । मुल्याङकन प्रतिवेदनमा जेटीई संसारकै उत्कृष्ट सेवा र प्रविधि प्रदायक भए पनि टेलिकम र सरकारी निकायको हस्तक्षेप ठिला निर्णय लिने प्रवृत्ति र राजनीतिक हस्तक्षेपका कारण केही समस्या आएको उल्लेख रहेको टेलिकम स्रोतले जानकारी दिएको छ ।
सोही प्रतिवेदनको अधारमा टॆलिकमले अहिले पछिल्लो समयमा पनि जेटीईको सहयोगमा विटीएस थप्ने सुधार गर्ने र नयाँ प्रविधि थप गर्ने कार्यलाई तिब्रता दिएको छ । हामि जेटीईको सहयोगमा अहिले दु्रत गतिमा सुधार र सेवा थपको कार्य गरिरहेका छौ । एक महिनभित्रमै नतिजा सबैको सामू देखिन्छ -एक उच्च प्राविधिकले बताए । उनले केही कर्मचारी र राजनीतिज्ञहरु कमिसनको लोभमा पारेर अन्य कम्पनीको कमजोर प्रविधि भित्राएर टेलिकमलाई कमजोर बनाउँन लागिपरेको आरोप पनि लगाए ।
नेपाल टेलिकमलाई अहिलेसम्मको आधुनिकिकरणमा साथ दिदै आएको जेटीई कम्पनी संसारमै सबैभन्दा बढी टेलिकम उपकरण उपलब्ध गराउँदै आएको संस्था हो । नेपालकै अर्को निजी क्षेत्रको टेलिकम एनसेललाई पनि सोही कम्पनीले उपकरण र सेवा उपलब्ध गराएको छ ।
जेटीईलाई लिएर दवाव महसुस गरिरहेका नेपाल टेलिकमका ब्यवस्थापकहरु जेटीईको उपकरण अरुकालागी राम्रो हुने । हाम्रोमा नराम्रो भयो भन्नु केवल राजनीति हो । यस्तो राजनीतिको तत्काल अन्त्य नगरिने हो भने नेपाल टेलिकमको हालत पनि अन्य सरकारी संस्थान जस्तो हुन धेरै समय कुर्नु पर्दैन ।


ले आफ्नो कार्यलाई्र तिब्रता दिएको छ ।
यसक्रममा नेपाल टॆलिकमले भएकै पुराना प्रविधिलाई प्रतिष्पर्घी कम्पनीको भन्दा आधुनिक प्रविधि प्रतिवाद गर्ने आरोप लागिरहेको बेला

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.