नेपालगाज, १६ असार । केही दिनदेखि बाँकेको नेपालगामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन् । बिरामीहरु दिनहुँ अस्पतालमा थपिन थालेका छन् । वेलभार ४ का ६० बर्षका राममिलन यादवको हिजो अपरान्ह ज्यान गएपछि झाडापखालाबाट मर्नेको संख्या ६ पुगेको छ ।
जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगंाज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा १ सय १० र भेरी अंचल अस्पतालमा ७० जना झाडापखालाका बिरामीले उपचार गराई रहेका छन् । ती मध्ये केहीको अबस्था गम्भिर रहेको बताईएको छ । जनस्वास्थ्य कार्यांलयले नेपागंजको बढि झाडापखाला प्रभाबित क्षेत्र वडा नंम्बर २ ४ ५ ६ ८ १० १४ र १६ मा झाडापखालाको औषधी वितरण तथा पानी शुद्ध पार्ने औषधी बितरण गरेको छ । जनस्वास्थ्य कार्यालयका माहामारी रोग नियन्त्रक फोकल पस्रन रामबहादुर चन्दले झाडापखाला पखाला प्रभाबित क्षेत्रमा परिचालन हुने स्वास्थ्यकर्मिलाई आज प्रशिक्षण दिईने र भोली उनीहरुलाई खटाईने जानकारी दिनुभयो ।