काठमाडौ,१६ असार । प्रधानमन्त्रीका लागि समर्थन जुटाउन कांग्रेसले पनि आफ्नो लिखित जवाफ मोर्चालाई आज बुझाउने भएको छ । दिउँसो िसंहदरबारमा हुने छलफलमा कांग्रेसले मोर्चाका मागमा सहमति र असहमतिका बुदा राखेर लिखित प्रतिवद्धता जनाउने छ । यसअघि अहिले बिहान कांग्रेस पदाधिकारीको बैठक बस्दैछ ।
हिजो नै बुझाउने भनिएपनि प्रयाप्त गृहकार्य नभएको भन्दै आज मोर्चालाई जवाफ पठाउन लागेएको कांग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले जानकारी दिनुभयो । यसअघि अहिले बिहान कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । कार्यवाहक सभापति शुसिल कोइरालाको निवासमा बस्ने बैठकमा मोर्चालाई दिने लिखित प्रतिवद्धतालाई अन्तिम रुप दिइने छ । बैठक अहिले बिहान ९ बजे बस्दैछ । एकीकृत नेकपा माओवादी भने मोर्चाको धारणाको पर्खाइमा रहेको छ । मोर्चाको धारणा सकारात्मक आउनेमा आफुहरु आशावादी रहेको तर अरु साना दलहरुसँगको छलफल जारी राख्ने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।