एमाले भोलि पनि तटस्थ-मन्त्री चेम्जोङ
July 31 2010
काठमाडौ १६ साउन । शान्ति मन्त्री तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङले आफ्नो पार्टी भोलिको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने बताउनु भएको छ । प्रेस चौतारी बागलुङले बिहान बागलुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चेम्जोङले सहमतीको सरकार बन्ने बातावरण नबन्दासम्म एमालेले प्रधानमन्त्रीका कुनै पनि उमेदबारलाई मत नदिने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका चेम्जोङ्गले यसअघिको केन्द्रीय कमिटीको निर्णमा कुनै पुर्नविचार नहुने बताउनुभयो । दएमालेकै कतिपय नेताहरुले काग्रेसलाई समर्थन गर्नुपर्छ भन्छन नि भनि पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भन्नुभयो- ुव्यक्तिगत रुपमा कसैलाई काग्रेसलाई समर्थन गर्न मन लाग्ला कसैलाई माओवादीलाई ती व्यक्तिगत इच्छा र चाहना पार्टीको नीतिमा लागु हुँदैन ।ु
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस