माओवादी र काग्रेस कसको उमेदवारलाई समर्थन गर्ने भन्ने मोर्चाको धारणा आज आउने
July 31 2010
काठमाडौ १६ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एकीकृत नेकपा माओवादी र नेपाली काग्रेसले पेस गरेको लिखितपत्रको अध्ययन गरी आफ्नो आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ । नयाँ सरकार गठनमा निर्णायक शक्तिको रुपमा देखिएको मोर्चा समक्ष आज नै नेपाली काग्रेसलॆ पनि लिखित प्रतिबद्धता बु´ाउँदैछ ।
माओवादीले बुझाएको मोर्चाको सहमतिको आधारपत्रको जवाफ बु´ेपछि साचारकर्मीसँग कुरा गर्दै मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले माओवादीको लिखितपत्र आउनु सकारात्मक भएको बताए ।
पत्र आउनु सकारात्मक भए पनि पत्रमा उल्लेखित सबै कुरालाई छलफल नगरी सकारात्क र नकारात्मक भन्न नसकिने बताउँदै उनले यसबारे आज अपरान्ह १ बजे बैठक बसेर मात्र निर्णय गरी सार्वजनिक गर्ने जानकारी दिए ।
उनले एकीकृत नेकपा माओवादीले पत्रमा उल्लेखित कतिपय बुँदामा अ´ै स्पष्ट भएर सहमतिमा पुग्ने विश्वास गरेकाले यो सकारात्मक भएको उल्लेख गरे । नेता गुप्ताका अनुसार नेपाली काग्रेसले पनि मोर्चाको सहमतिको आधारपत्रमा आज नै लिखित जवाफ दिने बताएकोले दुबै दलको जवाफको तुलना गरेर मोर्चाले धारणा बनाउँने छ । नेपाली काग्रेसले मोर्चाको स्वायत्त मधेस प्रदेश राज्यपूर्नसंरचना आयोग गठन गर्न नहुँने सेनामा मधेसीको समूहगत प्रवेशमा आपत्ति प्रकट गर्दै आएको छ । भने माओवादीले स्वायत्त मधेस प्रदेश स्विकार गरेपनि मधेस एक प्रदेश मात्र हुनु पर्ने मागमा र बहुलबादको परिभाषामा असहमति जनाउँदै आएको छ । मोर्चाका नेताहरुले दुई दल मध्ये जसको जवाफ सबै भन्दा बढी सकारात्मक छ उसैको उमेदवारको पक्षमा मतदान गर्ने यसअघि नै जनाईसकेको छ । स्रोतका अनुसार अहिलेसम्मको अवस्थामा माओवादीको जवाफ सकारात्मक रहेकोले मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने सम्भावना बढी रहेको छ । यद्यपि काग्रेस मोर्चालाई तटस्थ राख्ने योजनमा रहेकोले उसले मोर्चाको मागमा बढी सकारात्मकता देखाउने सम्भावना पनि उत्तिनै रहेको छ । काग्रेस एमालेले निर्णय कायम राखेको अवस्थासम्म मोर्चालाई तटस्थ राख्ने योजनामा रहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस