नेपाली काग्रेसले मधेसी मधेसी मोर्चाको आधारपत्रको जवाफ दिने
July 31 2010
काठमाडौ १६ साउन । प्रधानमन्त्रीका लागि समर्थन जुटाउन कांग्रेसले पनि आफ्नो लिखित जवाफ मोर्चालाई आज बुझाउने भएको छ । लिखित जवाफलाई अन्तिम रुप दिन आज विहान नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसेको थियो । कार्यवाहक सभापति शुशिल कोइरालाको निवासमा महाराजगंजमा बसेको बैठकले मोर्चालाई दिने लिखित प्रतिवद्धतालाई अन्तिम रुप दिएकॊ र भोलिको चुनावमा परिणाम आउन नसके के गर्ने भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता अर्जुन नरिसंह केसीले जानकारी दिनु भयो । काग्रेसले आजै लिखित प्रतिबद्धतालाई िसंहदरवारमा हुने छलफलमा मोर्चालाई बुझाउने छ । हिजो नै बुझाउने भनिएपनि प्रयाप्त गृहकार्य नभएको भन्दै आज मोर्चालाई जवाफ पठाउन लागेएको कांग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले जानकारी दिनुभयो । काग्रेसले मोर्चाको १६ बुँदे आधारपत्रमा १४ बुँदे जवाफ तयार पारेको बताईएको छ । काग्रेसले आफ्नो जवाफमा स्वायत्त मधेस प्रदेश हुनु पर्ने र राज्यपुर्नसंरचना आयोग गठन गर्न नहुने मोर्चाको मागलाई भने स्विकार नगरेको बताईएको छ ।
[September 07 2010]
काठमाडौ २३ भदौ । संघिय लिम्बुवान राज्य परिषद् पालुङ्वा समूहले आज पूर्वका विभिन्न ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्दबाट पूर्वको जनजीवन प्रभावित भएको