आजबाट बजारमा सरकारी हस्तक्षेप
July 31 2010
काठमाडौ १६ साउन । बजारमा बस्तुको भाँउमा अस्वभाविक बृद्धिसँगै कालाबजारी बढेको गुनासो आए पछि सरकारले बजार नियन्त्रणको अभियान प्रारम्भ गरेको छ । बजारमा खाद्यान्न बस्तुको अस्वभावीक मुल्यबृद्धि भएपछि सरकारले अनुमगन गरेर नियन्त्रणको तयारी गरेको हो । काठमाडौदेखि देशका मुख्य शहरहरुमा आजदेखि बजार अनुगमन गर्ने बाणिज्य विभागले जनाएको छ । अनुगमन टोलीमा गुणस्तर तथा नाप तौल विभाग स्थानिय प्रशासन र उपभोक्त हित संरक्षण समितिका सदस्यहरु रहनु हुनेछ । बजार अनुगनका क्रममा मुल्यसूचि बस्तुको गुणस्तरका बारेमा जानकारी लिइने छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस