पाकिस्तान बिरुद्धको पहिलो टेष्ट कि्रकेटमा इङल्याण्डद्धारा इनिङ समाप्तीको घोषणा
July 31 2010
काठमाडौ १६ साउन । पाकिस्तान बिरुद्धको पहिलो टेष्ट म्याचमा घरेलु टोली इङल्याण्डले ४ सय ३५ रनको लक्ष प्रस्तुत गरेको छ । इङल्याण्डको नटिङघममा जारी खेलमा पाकिस्तानको सम्पुर्ण टोली पहिलो इनिङमा १ सय ८२ रनमा समेटिए पछि आफनो दोस्रो इनिङ सुरु गरेको इङल्याण्डले ९ वीकेटको क्षतिमा २ सय ६२ रन बनाएर इनिङ समाप्तीको घोषणा गरको छ । पाकिस्तानले ४ सय ३५ रनको लक्ष पाएको हो । ४ सय ३५ रनको लक्ष पछ्याउदै दोस्रो इनिङ सुरु गरेको पाकिस्तानले खराब ब्याटिङ गर्दै तेस्रो दिनकॊ खेल सकिदा सम्म ३ वीकेटको क्षतिमा १५ रन बनाएको छ । यस अघि इङल्याण्डले आफनो ३ सय ५४ रन बनाएको थियो भने पाकिस्तानले १ सय ८२ रन बनाएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस