फेरि विद्यार्थी कक्षा कोठा मै बेहोस हुन थाले
August 15 2010
धादिङ ३० साउन । केहिदिन पहिले देखा परेको विद्यालयमा कक्षा कोठा मै विद्यार्थी वेहोस हुने समस्या धादिङको बुढाथुम गाविसको गलनेमा रहेको महेन्द्रोदय निमाविमा फेरि देखिन थालेको छ । विद्यालयमा कक्षा कोठा मै विद्यार्थी वेहोस हुने समस्या आएपछि ३ तीनका लागि विद्यालय बन्द गरेको महेन्द्रोदय निमाविले जनाएको छ । गत जेठ महिनादेखि विद्यालयमा पटक-पटक विद्यार्थी बेहोस हुने समस्या आएपछि विद्यालय नै बन्द गरिएको थियो । विगतमा बेहोस हुने गरेका ९ जना छात्राहरु विद्यालय बन्दको समयमा पनि घरमै बेहोस भएको बताइएको छ । साउन १९ गतेबाट विद्यालय खोलिए पछि २६ र २७ गते ५ जना छात्राहरु कक्षा कोठामा नै बेहोस भएका थिए । छात्राहरु कक्षा कोठामा नै बेहोस हुने समस्या दोहोरिन थालेपछि अहिले विद्यालय बन्द गरिएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस