अपाङग बलात्कार गर्ने पक्राउ
August 16 2010
ईलाम, ३१ साउन । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा इलाम जिर्मले ८ का एकजनालाई प्रहरीले पक्राउ गरेकॊ छ । पक्राउ पर्नेमा अन्दाजी २८ वर्षिय बलबहादुर राई रहेका छन् । राइले स्थानीय एक महिलालाई घरमा कोही नभएको समयमा गत २० गते बलात्कार गरि फरार रहेका थिए ।
इलामकै अर्को खबरमा नेपाल बंैक लिमिटेड इलामका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् । पाँचथर च्याङ्थापु-९ का ५९ वर्षिय पुण्यप्रसाद ढुङ्गेल मृत अवस्थामा फेला परेका हुन् । गए राति ९ बजे सुतेका ढुङ्गेल आज विहान मृत अवस्थामा भेटिएका हुन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस