REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
पत्रकारको जीवनरक्षाका लागि अपिल
August 18 2010

काठमाडौ २ भदौ । बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिबाङबाट प्रकाशित हुने बुर्तिबाङ साप्ताहिकमा कार्यरत संवाददाता आपत रामजालीले आफू ब्लडक्यान्सरबाट पीडित भएको र आर्थिक अभावका कारण उपचार गर्न समस्या परेकाले जीवन रक्षाको लागि अपिल गर्नुभएको छ । देविस्थान गाविस वार्ड नं। १ निवासी रामजालीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालले ९ लाख रुपैया खर्च हुने बताएको छ । ब्लडक्यान्सर पीडित पत्रकार रामजालीका दाजु चन्द्रसिँह रामजालीले एक अपिल प्रकाशित गरि सहयोगका लागि आग्रह गर्नुभएको हो । बुर्तिबाङ साप्ताहिकका व्यवस्थापक एवं बागलुङको पश्चि बुर्तिबाङबाट विगत लामोसमयदेखि पत्रकारिता गर्दै आउनुभएका रामनारायण सुवेदीले पत्रकारिता क्षेत्रमा सकि्रय र उत्सुकताका साथ अगाडि बढेका रामजालीको सहयोगका लागि सबैले सहयोग गर्नका लागि बुर्तिबाङ साप्ताहिकले अभियाननै साचालन गरेको बताउनुभयो । बुर्तिवाङ साप्ताहिकले रामजालीको जीवन रक्षाका लागि हिमालयन बैंक लिमिडेटको खाता नं। ००८०२७११३४००१६ मा आफू सक्दो आर्थिक सहयोग गरिदिनका लागि पत्रकार मानवअधिकारकर्मी उद्योगी व्यवसायी कर्मचारी लगायत सम्पूर्ण महानुभावहरुमा अपिल गरेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.