अपहरणमा संलग्न पत्रकार प्रहरी नियन्त्रणमा
August 20 2010
सप्तरी, ४ भदौ । सिराहा जिल्लामा वालक अपहरण गरेको अभियोगमा प्रहरीले एक जना स्थानिय पत्रकारलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकि्रया अगाडि बढाएको छ ।
गएराति प्रहरीले राजविराज नगरपालीका वडा नम्वर १० बाट स्थानिय पत्रकार तथा नेपाल प्रेस युनियनका जिल्ला सदस्य उग्रकान्त झालाई पक्राउ गरेको प्रहरीलाइ उदृत गर्दै स्थानिय पत्रकार हेमशंकर िसंहले जानकारी दिएका छन् । एक साता अघि राजविराजका १३ बर्षका बालक शुरेस कुरमा यादवको अपहरण गरेको पत्रकार झालाई आरोप लागेको छ । स्थानिय छिन्नमस्ता एफएमका सम्वाददाता झा विरुद्ध अपहरीत बालकका बावु तथा गाविस सचिव नारायण यादवले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले झालाई गएराति नियन्त्रणमा लिएको हो ।
गत साउन २५ गते राति आफ्नै घरबाट अपहरीत बालक यादवलाई प्रहरीले नेपाल र भारतको सिमा क्षेत्रबाट मुक्त गराएको थियो । अपहरणमा संलग्न रहेका सप्तरी जिल्ला सखरपुरा गाविसका गोकर्ण मुखिया र भारतय सुपोल जिल्लाका मिन्टु मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस