
अखिल नेपाल तेक्वान्दो संघ चितवन जिल्ला समितिद्वारा आयोजित हाफ ब्ल्याक तथा ब्ल्याक बेल्टको ग्रेडिङ तथा कुकीवान डानको लागि प्री
टेस्ट परीक्षा चितवनको सौराहामा सम्पन्न भयो । ३० खेलाडीको सहभागिता रहेको कार्यक्रममा एन्टाका महासचिव तथा अन्तराष्ट्रिय रेपmी/प्रशिक्षक अनुयाज गौतमले बेल्ट प्रमोसन टेस्ट लिनुभएको थियो । कार्यक्रमपछि खेलाडीहरुले प्रशिक्षक गौतमका साथ एकआपसमा रङ तथा अविरले होली खेलेका थिए ।