कोशी नदीमा पानीको बहाब बढ्दै
August 24 2010
काठमाडौ ८ भदौ । लगातारको बर्षाले कोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । बिगत केहि दिन यता नियमित पानी परिरहेका कारण आज कोशीमा पानीको उच्च बहाब भएको छ । आज बिहान ७ बजे गरिएको मापन अनुसार २४ लाख ९ हजार पानी प्रतिसकेण्डका दरले बहाब भइरहेको कोशी कन्ट्रोल कक्षले जनाएको छ । यो बहाब यस बर्षकै उच्च हो । बानीको बहाबमा बृद्धि भएपछि खतराको चिन्ह रातो बती बालिएको छ भने ५६ ढोकामध्ये ४० ढोका खोलिएको छ । यता लगातारको बर्षाले सप्तरीको कमलपुरस्थित कोशीको पश्चिमी तटबन्ध अन्तर्गत १२५० नम्बरको स्पर कटान गरिरहेको छ । कमलपुर १ स्थित रहेको सो स्पर कटान भएर गाउँमा बाढी आए सयौं परिवारलाई बिस्थापित हुने खतरा रहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् । स्पर भत्केर गाउँमा बाढी आउने खतराका कारण स्थानीयहरु त्रसित भएका छन् । यता लगातारको बर्षाले सप्तरीको भारदह पोर्ताहा र वैरवा गाविसमा लगाइएको केरा बाली डुबानमा परेका छन् । यि गाविसको ५ सय बिघा जमिनमा लगाइएको केरा बाली डुबानमा परेपछि कृषकहरु चिन्तित भएका छन् । पानीले केरा बाली नष्ट हुने खतरा रहेको भारदहका कृषक बच्चालाल मण्डलले बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस