अज्ञात समुहद्धारा लाखौंको लुटपाट
August 25 2010
काठमाडौ ९ भदौ । अज्ञात समूहले गएराती गुल्मीको ग्वाघा गाविसमा सात लाख बराबरको धनमाल चोरी गरेको छ । छ-सात जनाको समूहमा आएका लुटेराहरुकेा समूहलॆ गएरातीसाढे १२ बजेतिर ग्वाघा गाविस-४ निवासी भवानीप्रसाद गौचनको घरबाट तीन लाख नगद र दुई तोला सुनका गहना चोरी गरेको छ । यसैगरी वडा नं ७ निवासी नारायण थापाको घरबाट ५० हजार नगद तीन तोला बराबरका सुनका गहना र वडा नं ९ का रामबहादुर थापाको घरबाट पनि २२ हजार नगद दुईवटा सुनका सिक्री र एउटा औँठी लुटेर लगेकॊ पूर्व गाविस अध्यक्ष टेक बहादुर पुनले जानकारी दिनुभयो । लुटेराहरुको खोजी कार्यका लागि चन्द्रकोट ईलाका प्रहरी कार्यालय शान्तिपुरवाट सुरक्षा टोली खटाईएको प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले वताउनुभयो । चोरी भएको स्थान गुल्मीको अति विकट गाविस रहेको र साचार सम्पर्क हुन नसकेको कारण घटनावारे थप विवरण भने आउन वांकी रहेको प्रहरीले बताएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस