काठमाडौं १० भदौ । अग्नी एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न सरकारले गठन गरेको समितिले अझै काम सुरु गर्न सकेको छैन । घटनाको छानबिन गर्न गठित समितिका केही सदस्य देशबाहिर र केही काठमाडौं बाहिर रहेकाले समितिले काम सुरु गर्न नसकेको हो ।
समितिका संयोजक एवम् उड्डयनविद कुमारप्रसाद उपाध्याय चालिसे केहीदिन यता सुर्खेतमा हुनुहुन्छ । उहाँ खराब मौसमका कारण काठमाडौं आउन सक्नुभएको छैन । हाल भुटानमा रहनु भएका आयोगका सदस्य एवम् पर्यटन मन्त्रालयका सहसचिब सुरेश आचार्य पनि खराब मौसमका कारण स्वदेश फर्कन सक्नु भएको छैन ।
नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजन पोख्रेलले चालिसे र आचार्य स्वदेश फर्कनासाथ बैठक बसेर काम थालिने जानकारी दिनुभयो । अग्नी एयरको डोनियर क्राफ्ट विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा गएको मंगलबार दुर्घटना हुँदा ८ नेपाली र ६ विदेशी सहित १४ जनाको मृत्यु भएको थियो । घटना छानबिन गर्न गठित पाँच सदस्यीय समितिले काम सुरु गर्न नसके पनि नागरिक उड्डेयन प्राधिकरणको एक टोलीले घटनास्थल पुगी विमानको ुब्ल्याक बक्सु खोजीलाई जारी राखेको छ ।